कसरी हुन्छ स्तन क्या न्सर ? शुरुमैं कसरी थाहा पाउने त ?

हाम्रो सन्देश संवाददाता

डा. सूर्य पराजुली स्तन क्यान्सर के हो ? – स्तनमा रहेका कोषहरुबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ र शरीरका अरु भागमा पनि फैलन सक्छ ।

स्तन क्यान्सरको अवस्था के छ ? – यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलामा हुनसक्छ । महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाइएको छ । – यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ ।

– यो क्यान्सर महिलामा बढी देखिने भए पनि पुरुषमा पनि हुनसक्छ । – ४० वर्षभन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जाँच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सकिन्छ । – यो क्यान्सरलाई समयमै पत्ता लगाउन सकियो भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सकिन्छ ।

– यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै वंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ । – यो क्यान्सर छिटो पत्ता लगाउन सकियो भने बाँच्ने सम्भावना ९८ प्रतिशतसम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशततिर झरेर जान्छ । – ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ ।

– ६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाइन्छ । – करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसिका ग्रन्थीलाई निकालेर फालिन्छ । – प्यालिएटिभ हेरचाह गर्ने संस्था र प्रविधि कम छ । – ४०÷४९ वर्षको उमेर समूहमा यो बढी देखिएको छ ।

– फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ । – प्रतिवर्ष करिब २ सय जनाको स्तन क्यान्सरको पहिचान हुने गर्छ । यो प्रत्यक वर्ष ५ प्रतिशतले बढिरहेको छ । तर समुदायमा कैयौं बिरामी पहिचान नभई बसेका छन् ।

स्तन क्यान्सरको लक्षण र चिह्नहरु केके हुन सक्छन् ? – स्तन वा काखीमा दुखाइ दीर्घ रुपमा भइरहेमा, – स्तनको छालामा परिवर्तन देखिएमा, – स्तनको आकार र बनावटमा परिवर्तन आएमा

, – स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा, – स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा, – स्तनमा गाँठो अनुभव भएमा, – स्तनको मुन्टो वरिपरिको छाला रातो देखिएमा, – काखीमा वा घाँटीको छेउछाउ लासिका ग्रन्थी बढेमा,

स्तन क्यान्सरको जोखिम कसलाई बढी छ ? – ढिलो सन्तान जन्माउनेहरु, – कम उमेरमै महिनावारी सुरु हुने (१२ वर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ वर्षपछि),

– पहिले सन्तान ढिलो जन्माउने (३० वर्षपछि), – स्तनपान कम गराउने, – बढी चिल्लो बोसोयुक्त खाना खाने, – चुरोट र अत्यधिक रक्सी सेवन गर्ने – विकिरणको नजिक रहने,

स्तन क्यान्सर सुरुमै पहिचान कसरी गर्ने ? – स्वयं स्तन जाँच विधि, – क्लिनिकल जाँच विधि, – म्यामोग्राफी जाँच, – हाई रेजोलुसन भिडियो एक्स–रे, – अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स–रे, – एमआरआई,

स्तन क्यान्सरको उपचार कस्तो छ? – नेपालमा प्रायः सबै उपचार विधि सुरु भइसकेका छन् तर महँगीका कारण धेरै नेपालीको पहुँचबाट बाहिर छ । – सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोन थेरापी आदि प्रचलित उपचार विधिहरु हुन् । – स्तन पूर्णनिर्माण सर्जरी गर्ने चलन धेरै कम छ ।

स्तन क्यान्सर रोकथामका लागि के गर्ने ? – स्वास्थ्य चेतानामूलक कार्यक्रम – स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम (विश्व स्वास्थ संगठनका अनुसार) २०÷३९ वर्ष ः प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक ३ वर्षमा स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि ।

४०÷४९ वर्ष ः प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि, ४० वर्षमा म्यामोग्राफी जाच र त्यसपछि प्रत्येक २÷२ वर्षमा म्यामोग्राफी जाँच । ५० वर्ष र माथिको उमेर ः प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि र प्रत्येक वर्ष म्यामोग्राफी जाँच ।

समयमै स्तन क्यान्सर पत्ता लगाउन के गर्ने ? – सबैले स्तन क्यान्सरबारे चेतना बढाउने काम सुरु गरौं र – सबैले आफ्नो स्तन आफैं जाँच्ने विधि सुरु गरौं । (असिसटेन्ट प्रोफेसर डा पराजुली विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन्) स्वास्थ्यखबरबाट साभार