एमाले सकियो भन्नेहरु बलेसीका पानीका फोका हुन्ः ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ कात्तिक ।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाका संज्ञा दिएका छन् ।

देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरु लागेको आरोप समेत लगाए ।

‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन । जसले हाम्रा चरित्र हतया गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो,’ उनको भनाइ छ ।

तल्ला कमिटीलाई सर्वसम्मत नेतृत्व छान्न आग्रह गरेका ओलीले सत्तारुढ गठबन्धनले देशलाई अस्थिरतामा धकेलेको समेत आरोप लगाए ।
गठवन्धनलाई स्वेच्छाचारिता र प्रतिगमनको बाटो भन्दै ओलीले भने, ‘गठवन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौँ यही अनुसार तयारी गर्नुहोस् ।

पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयोः ओली

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्यत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् ।

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त भएको दाबी गरे ।
‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अव पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारवाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ उनले भने ।

उनले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताए ।