पहिलो हाफमा नेपाल र इण्डोसियाको गोलरहित बराबरी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ कात्तिक ।

एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

ताजकिस्तानमा जारी खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्ति सम्म दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् ।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका छन् ।। यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण लाइनमा अभिषेक रिजालसँगै मनीष डाँगी र आयुष घलानले जिम्मेवारी पाएका छन् ।

नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपाली टोली

>गोलरक्षक- अर्पण कार्की (कप्तान) >डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ >मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी >स्ट्राइकर- अभिषेक रिजाल