डहरे खोलाले बगाएको जिप बढीगाड खोलामा भेटियो

हाम्रो सन्देश संवाददाता

गुल्मी, ५ कात्तिक ।

डहरे खोलाले कात्तिक १ गते बगाएको जिप बढीगाड खोलामा फेला परेको छ। बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको जिपलाई सत्यवती गाउँपालिका–६ मा डहरे खोलाले बगाएको थियो।

पानीको वहाव बढेका कारण केही दिनपछि मात्रै जिपलाई खोलाबाट निकालिने जिल्ला प्र ह री कार्यालय गुल्मीका प्र ह री उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए। जिपको क्षतिको विवरण भने अहिले नै भन्न नसकिने प्र हरी को भनाइ छ। खोलाले जिप बगाए पनि कुनै मानवीय क्षति भने भएको थिएन।

धान बोटमै उम्रन थाल्यो

लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको छ । किसानले भित्र्याउने समयमा एक्कासी आएको वर्षा तथा बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको हो । पानीले तीन÷चार दिन भिजेको धानखेती सुक्न नपाउँदा खेतमै उम्रन थालेको किसान बताउँछन् ।

किसानले अहिलेसम्म मुठ्ठीभर पनि धान भित्र्याउन सकेका छैनन् । खेतको धान घरमा भित्र्याउन नपाउँदै भिजेर उम्रन थालेपछि खाद्यान्न सङ्कट हुने भन्दै चिन्ता लागेको टीकापुर वनगाउँकी अस्मिता चौधरीले बताउनुभयो ।

उहाँले घरमा यस वर्ष एक दाना पनि अन्न नभित्र्याउँदै बाढीले धान बगाएको र बाँकी रहेको धान पनि खेतमै उम्रन थालेको बताउनुभयो । “यस वर्ष अन्न सङ्कट मात्र होइन, हामी भोकमरीले मर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “खेती गरेर जीविका चलाउने हामी अब के खाएर बाँच्ने होला ? अनि घर खर्च कसरी चलाउने होला ?”

टीकापुरमा आठ हजार ७१३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । टीकापुरमा बाढीले पाँच हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको नगरपालिकाको कृषि शाखाका प्रमुख केशव भट्टले बताउनुभयो ।

“किसानको वास्तविक लगत लिने कार्य भइरहेको छ, सोहीअनुसार नगरपालिकाले राहतको व्यवस्थापन र पहल गर्ने छ”, उहाँले भन्नुभयो, “घर भित्र्याउने बेला खेतमै धान नोक्सान भएपछि किसान निकै दुःखी भएका छन् ।