युएई हुनेले हेरौं : युएई हुनेलाई खुसीको खबर

हाम्रो सन्देश संवाददाता

दुबई ।

युएई सरकारको महत्वाकांक्षी दुबई एक्स्पो २०२० सुरु भईसकेको छ । जसको सफलता संगै युएई सरकारले युएईमा रहेका कामदार तथा अन्य ब्यवसायिक ब्यक्तिहरुलाई सोको केही सकारात्मक फाइदा प्राप्त गर्ने संकेत दिएको छ ।

सुरुका दिनमा जस्तो अब युएई प्रवेश उति सजिलो पनि हुने छैन , कारण युएई युरोपको गतिमा अगाडी बढेको छ । अब छिट्टै युरोपेली मुलुक जस्तै आर्थिक तथा रोजगारको हैसियत हुने समेत जनाएको छ । जसको प्रत्यक्ष फाइदा हाल युएईमा रहेका नेपाली कामदारले सअमेत पाउने छन् ।

उता दुबईको मेगा प्रोजेक्ट एक्स्पो २०२० दुबईको पहिलो १० दिनमा ४ लाख भन्दा बढीले अवलोकन गरिसकेको दुबईले जनाएको थियो।

कोरोनाको कारण केही ढिला भए पनि युएईले आफ्नो मेघा प्रोजेक्ट एक्स्पोको भब्य सुभारम्भ गरेको छ । एक्स्पो संगै युएई को अर्थतन्त्र युरोप र अमेरिकी अर्थतन्त्र बराबर भएको र अब बाकी सबै ब्यवस्थाहरु त्यही अनुरुप लैजाने योजना रहेको बताइन्छ ।

एक्स्पो सुभारम्भ संगै युएई सरकारले बिदेशी कामदार तथा नागरिकको लागि अफरै अफर ल्याएको छ । युरोपको दाजोमा लग्दै गरेको दुबईले कामदारको तलब वृद्धि देखि मल्टिपल भिसा सम्मको अवसर ल्याएको हो ।

यूएई सरकारले ५ वर्षे ‘मल्टिपल इन्ट्री भिसा’को आवेदन लिन सुरु गरेको छ । यूएई सरकारले सबै देशका नागरिकका लागि ५ वर्षे बहु–प्रवेश पर्यटन भिसा खुल्ला गरेको हो ।

पाँच वर्ष भिसा अवधि रहने र पर्यटकलाई आफ्नै प्रयोगमा धेरै पटकसम्म प्रवेश गर्न पाइने र प्रत्येक बसाइमा यूएई भित्र ९० दिनसम्म रहन सक्ने बताइएको छ । सो भिसालाई अर्काे ९० दिन समयअवधि थप्न सकिने बताइएको छ । यस्तो भिसाको आवेदनको लागि आवेदकले संघिय प्राधिकरणमार्फत ६ सय ५० दिराम तिर्नुपर्ने छ।

यूएईस्थित पर्यटन एजेन्सीहरुले बहु–प्रवेश पर्यटन भिसाको उपलब्धताको सुनिश्चित गरेका छन् । इच्छुक आवेदकले परिचय तथा नागरिकताको लागि संघिय प्राधिकरणको वेभसाइटबाट आवेदन दिनसक्ने बताइएको छ । यद्यपि, ट्राभल एजेन्सीलाई कोटा प्रणाली भने लगाइएको छ।

आवेदकले आवश्यक पर्ने बैंक सम्बन्धी कागजात र अन्य कागजात स्वयम् सिधै अपलाड गर्न सक्नेछन् ।आवेदकहरुलाई भिसा प्रदान गर्ने वा नगर्ने भन्ने निणर्य आप्रवासन प्राधिकरणमा नीहित रहने बताइएको छ ।

उता एक्स्पो संगै युएईमा रहेका सबै कामदारको तलब कम्तिमा २० प्रतिशतले बढ्ने बताइएको छ । एजेन्सिको अनुसार ५० प्रतिशत सम्म तलब वृद्धि हुने बताइए पनि कोरोनाको कारण त्यसलाई कम्तिमा २० प्रतिशतमा झारेको बताइएको छ । बढेको तलब २०२२ को सुरु देखि नै प्राप्त गर्ने बताइएको छ ।

तर जानकारका अनुसार दुबई एक्स्पोले खुल्ला गरेको अथाह सम्भावना २०२१ जनवरी सम्म प्रवेश गरिसकेका कामदारको हकमा लागू हुने बताइएको छ । त्यस बिसयमा सरकारको धारणा भने सार्वजनिक भएको छैन ।