माओवादीका को-को तोकिए विभागीय प्रमुख ? (सूचिसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ कात्तिक ।

नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय विभागलाई पूर्णता दिएको छ । विभागका प्रमुखहरु पनि उसले तोकेको छ । पार्टी केन्द्रीय कार्यालयमा विहिवार वसेको स्थायी कमिटि बैठकले विभागलाई पूर्णता दिने निर्णय गदै विभागका प्रमुखहरु तोकेको हो ।

नेकपाकालिन विधानको संरचनाकै शैलीमा उसले ३३ विभाग र एउटा नीति अध्ययन प्रतिष्ठान बनाएको छ । विभागमा वढीमा ३५ सदस्य रहने ब्यवस्था पनि माओवादीले गरेको छ ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् । सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहेका छन् । यो समिति १७५ सदस्यीय बनाउने निर्णय माओवादीले गरेको छ । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग गठन गर्न बाँकी नै रहेको जनाएका छन् । यधपी यो विभागमा सूर्य सुवेदी को नाम चर्चामा छ ।

यी हुन माओवादी बनाएका विभाग र प्रमुखहरु

१) अर्थ तथा योजना विभाग – वर्षमान पुन २) संगठन विभाग – जनार्दन शर्मा ३) विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ ४) प्रचार तथा प्रकाश विभाग – कृष्णबहादुर महरा ५) विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी (निर्णय हुन बाँकी) ६) उद्योग मामिला विभाग – वामदेव क्षेत्री ७) कृषि तथा भूमिसुधार विभाग -हरिबोल गजुरेल

८) उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव ९) कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय १०) खानेपानी विभाग – विना मगर ११) जलस्रोत तथा ऊर्जा – लिलामणी पोखरेल १२) निर्वाचन विभाग -खिमलाल देवकोटा १३) कानून विभाग – मुक्ति प्रधान १४) पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी

१५) प्रादेशिक मामिला विभाग -पर्शुराम तामाङ १६) पार्टी स्कूल विभाग – गिरिराजमणी पोखरेल १७) पुस्तकालय तथ अभिलेख – नारायणप्रसाद शर्मा १८) भौतिक पूर्वाधार विभाग – हरि अधिकारी १९) युवा तथा खेलकुद विभाग -गणेशमान पुन २०) राजकीय मामिला विभाग -रेखा शर्मा २१) राष्ट्रिय सुरक्षा विभाग -कृष्णबहादुर महरा

२२) वन तथा वातावरण- शक्ति बस्नेत २३) विज्ञान तथा प्रविधि विभाग – गणेश साह २४) शिक्षा तथा मानवस्रोत विभाग- मायाप्रसाद शर्मा २५) श्रम तथा रोजगार विभाग- रामेश्वर राय यादव २६) संघीय संसदीय विभाग- देव गुरुङ २७) समाज कल्याण विभाग – सत्या पहाडी २८) सहकारी तथा गरिवी विभाग – धर्मदत्त देवकोटा

२९) शहरी विकास विभाग- देवेन्द्र पौडेल ३०) सामान्य प्रशासन विभाग- टेकबहादुर बस्नेत ३१) साहित्य तथा कला विभाग – गोपाल ठाकुर ३२) स्थानीय तह विभाग -उर्मिला अर्याल ३३) स्वास्थ्य तथा जनसंख्या विभाग- कल्पना धमला नीति अध्ययन प्रतिष्ठान- रामचन्द्र झा