सबै बैंकले घटाए निक्षेपको ब्याज, कुन बैंकको कति ब्याजदर हेर्नुहोस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ कात्तिक ।

निक्षेपको ब्याजदर बढाएका सबै बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशन पछि सबै बैंकहरुले ब्याजदर घटाई नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएको थियो। राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ।

यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन्। नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेका छन्।

यसैगरी, नेपाल एसबीआईले ९.४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी समान बैंकले ९.३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज बैंकले ९.०६, सानिमाले ९.०६, प्रभुले ८.५७, राष्ट्रिय वाणिज्यले ८.३६, सिटिजन्सले ८.८, कृषि विकासले ८.८५, तोकेका छन्।