छोरा लाई आउदा तिमीलाई गाडी ल्याईदिन्छु भन्दै बिदेश गएका बिबेक ‘बन्द बाकस’मा फर्किए ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ कात्तिक ।

बाबु म आउदा तिमीलाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक रातो बाकसमा फर्किएपछि, हार्दिक भावपुर्ण श्रदान्जली आत्यमाले शान्ति पावस ।

सानो परिवार कतार बाट ल्याएको केही खुसी घर मा छोडेर केही साहु लाई बुझाएर भर्खरै तोते बोल्न थालेको ना बालक र श्रीमती छोडेर ४ बर्ष पहिले मलेसिया आएका नगरपालिका ३ का स्वरुप तातीको मृ;त्यु भएको छ।

म्याग्देली प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे(राजु)

म्याग्देली प्रवासी नेपाली संघ (मोना) बेल्जियमको सातौं अधिवेशनबाट रकेन्द्र घिमिरे (राजु) अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधवार बेल्जियम स्थित यति हाउसमा भएको अधिवेशनले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको निवर्तमान अध्यक्षमा योगेन्द्र विक,वरिष्ठ उपाध्यक्षमा प्रदिप थापा,उपाध्यक्षमा कृष्ण सुनार,हरि शाही र ज्ञान रकाल रहनुभएको छ । त्यसैगरी महिला उपाध्यक्षमा श्रीमती ज्ञानु बरुवाल,महासचिवमा रामचन्द्र थापा,सचिवमा अमिर शाही,सहसचिवमा श्रीमती शान्ति पुन,सुदिप शेरपुंजा, कोषाध्यक्षमा श्रीमती बिनु थापा र सहकोषाध्यक्षमा दीपक भण्डारी चयन हुनुभएको छ ।

त्यसैगरी समितिका सदस्यहरुमा पद्यम लाल विक,रामजी भण्डारी,किरण शाही,श्रीमती शोभा शाही,श्रीमती तारा कार्की,श्रीमती नन्दकली पुन र टीका बानियाँ रहनुभएको नव निर्वाचित अध्यक्ष रकेन्द्र घिमिरेले जानकारी दिनुभएको छ ।

कार्यक्रम निर्वाचन मण्डलका संयोजक योगेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । घिमिरे लामो समयदेखि बेल्जियममा रहदै आउनुभएको छ । मोना बेल्जियमले म्याग्दी जिल्लामा दैवी प्रकोप,परोपकार,भौतिक विकास र मानवीय सेवाको क्षेत्रमा आर्थिक,नैतिक र भौतिक सहयोग गर्दै आइरहेको छ । नवनिर्वाचित घिमिरे म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका हुनुहुन्छ ।