कोमल वलिका लागी एमालेको ढोका बन्द !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ कात्तिक ।

एमाले अध्यक्ष केपी ओलीलाई मख्ख बनाउँन कविता वाचन गर्दै हिँडेकी एमाले नेतृ एवं राष्ट्रियसभा सदस्य कोमल वलीका लागी एमालेको गेटमै ताल्चा लाग्ने अवस्था आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालले प्रथम विधान महाधिवेशन बाट सुझाव सहितको विधान कार्यान्वयनमा ल्याए पछि कोमल वलिका लागी एमालेको केन्द्रिय सदस्य बन्ने बाटो बन्द भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी कोमल वली अब नेकपा एमालेको केन्द्रीय सदस्य बन्न नपाउने भएकी छन् ।

एमालेको नयाँ विधान महाधिवेशनले केन्द्रीय सदस्य बन्नका लागि न्यूनतम् योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने भएकी हुन् ।

एमालेको विधानमा एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष पुग्नुपर्ने र महिलाको हकमा ७ वर्ष कायम गरिएको छ ।

तर, वलीको हकमा यी दुवै योग्यता कमी छ । र उनी आगामी एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनबाट बञ्चित हुने भएकी छन् ।

वली २०७४ सालमा राप्रपा छोडेर एमालेमा प्रवेश गरेकी थिइन् । राप्रपाबाट एमालेमा छिरेकी वली एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।

वलीसँगै जनता समाजवादी पार्टी (जसपा) बाट एमालेमा आएका शिवजी यादव र राजकुमार लेखी, पूर्वउपसभामुख गंगा यादव पनि एमालेको केन्द्रीय सदस्य बन्नबाट बञ्चित हुने भएका छन् ।

तर, माओवादी र एमाले पार्टी एकता भई बनेको नेकपाका नेताहरुलाई भने केन्द्रीय सदस्य बन्न बाधा पुग्ने छैन ।