सिन्धुलीको सामुहिक बलात्कार घटनाले अखिल मर्माहत र आक्रोशित

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ कात्तिक ।

एमाले भातृ संगठन अनेरास्वबियुले सिन्धुलीको कमलामाई नगरपालिका वडा ५ मा एकै परिवारका दुईसहित तीन बालिकामाथि भएको सामुहिक बलात्कारको घटनाबाट मर्माहत र आक्रोशि बनेको जनाएको छ । अनेरास्वबियुकी अध्यक्ष सुनिता बरालले आज बिज्ञप्ती जारी गरी सो घटनामा दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित बालिकाहरुलाई समाजमा सम्मानपुर्वक बाच्ने व्यवस्था मिलाउन माग पनि गर्नुभएको छ ।

‘सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ५ मा १५ देखि १७ वर्ष उमेर समुहका एकै परिवारका दुईसहित तीन अबोध बालिकाहरु सामुहिक बलत्कारमा परेको घटना आजको विभिन्न मिडियाहरुमा आईरहेको छ, जसले हामी लगायत सम्पुर्ण युवा विद्यार्थीलाई मर्माहित र आक्रोशित बनाएको छ, बिज्ञप्तीमा भनिएको छ, ‘यस्ता अमानवीय घटनाले सामाजिक सुरक्षामा राज्यको उदाशिनता स्पष्ट देखिन्छ । यो परमादेशी देउवा सरकार समाजमा शान्ति सुरक्षा कायम गर्नु भन्दा पनि अनेक जालझेलको बाटोबाट आफ्नो आयु बढाउन उद्देलित भएको हामीले अनुभुति गरिरहेका छौ। तत्काल त्यस्ता जघन्य अपराधमा संलग्न अपराधीहरुलाई कानुनी दायरामा ल्याउन र पीडित बालिकाहरुलाई समाजमा सम्मानपुर्वक बाच्ने व्यवस्था मिलाउन हामी यो सरकारसँग जोडदार माग गर्दर्छौ ।’

विज्ञप्तिको पूर्णपाठ

अनेरास्ववियु सदैव अन्याय, अत्याचार, शोषण उत्पीडनको विरुद्ध न्याय र समानताको पक्षमा वकालत गर्दै आम शोषित पीडित जनताको आशा र भरोषाको केन्द्र हो । नेपालको संविधानले आम नेपाली नागरिकले समाजमा स्वतन्त्रता पुर्वक निर्भिक र सम्मानजनक ढंगले बाच्न पाउने अधिकारको सुरक्षा किटान गरेको छ । संविधानले प्रत्यायोजित गरेको अधिकार जनतालाई अनुभुति हुने गरि प्रदान गर्नु राज्यको दायित्व हो । समाजमा हुने सबै खालका विकृती, बिसङ्गती र कु–संस्कारहरुलाई कडाइका साथ निस्तेज पार्न कानुनी राज्यको अनुभुति हुने गरि राज्यका सुरक्षा निकायहरु परिचालन हुनुपर्छ भन्ने अनेरास्ववियुको स्पष्ट दृष्टिकोण छ ।

हिजो मिती २०७८ कार्तिक ०१ गते सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ५ मा १५ देखि १७ वर्ष उमेर समुहका एकै परिवारका दुईसहित तीन अबोध बालिकाहरु सामुहिक बलत्कारमा परेको घटना आजको विभिन्न मिडियाहरुमा आईरहेको छ, जसले हामी लगायत सम्पुर्ण युवा विद्यार्थीलाई मर्माहित र आक्रोशित बनाएको छ । यस्ता अमानवीय घटनाले सामाजिक सुरक्षामा राज्यको उदाशिनता स्पष्ट देखिन्छ । यो परमादेशी देउवा सरकार समाजमा शान्ति सुरक्षा कायम गर्नु भन्दा पनि अनेक जालझेलको बाटोबाट आफ्नो आयु बढाउन उद्देलित भएको हामीले अनुभुति गरिरहेका छौ। तत्काल त्यस्ता जघन्य अपराधमा संलग्न अपराधीहरुलाई कानुनी दायरामा ल्याउन र पीडित बालिकाहरुलाई समाजमा सम्मानपुर्वक बाच्ने व्यवस्था मिलाउन हामी यो सरकारसँग जोडदार माग गर्दर्छौ । हाम्रो आवाजलाई नजरअन्दाज गरेको खण्डमा सामाजिक न्यायको निम्ति अनेरास्ववियु सशक्त ढंगले प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौं।

हार्दिक अभिवादन सहित