अब यस्ता व्यक्तिहरु अब विदेश जान नपाउने, हेर्नुस् लिस्ट..

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चितवन रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै अब केही ब्यक्तिहरुलाई बिदेश जान नदिने भएको छ ।

नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ ।

नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि रु एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ ।

तपाइको भिषा सक्कली हो वा नक्कली ? थाहा पाउने तरिका हेर्नुहोस्

बैदेशिक रोजगारीको लागि जाँदा थाहा पाउनुपर्ने जानकारी मध्ये एक हो भिषा, तपाइको भिषा सक्कली हो वा नक्कली ?

कतिपए म्यानपावर तथा एजेन्टले भिषा आएको भन्दै कामदारबाट रकम लिने गरेका गुनासा आउने गर्दछन् यस्तो अवस्थामा आफ्नो भिषा सक्कली हो या नक्कली हो आँफैले घरैबाट इन्टरनेटको सहायतामा हेर्न सकिन्छ।

तपाईलाई जारी गरिएको भिषा सक्कली हो कि होइन छुट्याउनको लागि तल उपलब्ध देश अनुसार क्लिक गरि चेक गर्नुहोस्।

साउदी अरेविया, ओमान, बहराइन, कुवेत, कतार, यूएई