माधवले आफ्ना भाइलाई केन्द्रीय सदस्य बनाएपछी लफडा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ कात्तिक ।

एमाले बाट विभाजित भएको दुई महिनामै माधव नेपाल ले नेतृत्व गरेकाे नेकपा एकीकृत समाजवादी भित्र लफडा सुरु भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कान्छा भाइ सरोज कुमार उपाध्यायलाई पनि पार्टीको केन्द्रीय सदस्य बनाएका छन् ।

पार्टीमा विधि पद्दति र मापदण्ड बिना केन्द्रीय सदस्य मनोनित गरेको भनेर असन्तुष्टी बढिरहेका बेला अध्यक्ष नेपालका भाइ सरोज वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन् ।

पेशाले इन्जिनियर रहेका उनलाई पछिल्लो कार्य विभाजनमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उनी केन्द्रीय कमिटीको ३ सय २३ औं नम्बरमा समेटिएका छन् । नेपालका भान्जा नितेश पौडेललाई केन्द्रीय परिषद सदस्य मनोनित गरिएको छ ।

स्वर्गीय मंगल प्रसाद उपाध्यायका तीन छोरामध्ये माधव नेपाल जेठा हुन् । माइला भाइ विनोदकुमार उपाध्यायलाई नेपालले आफू प्रधानमन्त्री भएका बेला हङकङको महावाणिज्यदूत बनाएपछि आलोचना समेत भएको थियो ।