हिरो एक्स्ट्रीम १६० आरको नयाँ भेरियन्ट सार्वजनिक मुल्य कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ कात्तिक ।

हिरोले एक्स्ट्रीम १६० आरको स्टेल्थ एडिसन बजारमा ल्याएको छ । भारतमा निकै सफल देखिएको एक्स्ट्रीम १६० आर नेपालमा भने त्यति राम्रो बजार पाउन सकेको छैन । तर, हिरोले विक्री गर्ने सबैभन्दा एड्भान्स मोटरसाइकल एक्स्ट्रीम १६० आरको नयाँ एडिशन म्याट व्ल्याक कलरमा उपलब्ध रहेको छ ।

कम्पनीले नयाँ एडिशनमा ‘एक्स्ट्रीम स्टेल्थ’को थ्रिडी लोगो फ्यूल ट्याङ्कमा दिएको छ । साथै, कम्पनीले हेडलाइट कौलमा रातो कलरको हाइलाइट दिएको छ । ह्याण्डलबार सँगै दिएको यूएसबी पोर्ट, स्टेल्थ एडिशनमा पाँच तहसम्म एड्जस्ट गर्न मिल्ने एलसीडी डिजिटल क्लष्टर दिइएको छ । साथै, क्लष्टरमा गियर पोजिशन पनि हेर्न मिल्छ ।

नयाँ फिचर थप भएर आएको भएपनि अझै ग्राहकले स्मार्ट फोन कनेक्टीभीटी र टर्न वाई टर्न इन्डिकेटर भने पाउने छैनन् । केही दिनअघि एक्सपल्सको फोर भी एडिशन बजारमा ल्याएको हिरोले प्लेजरको नयाँ एडिशन पनि बजारमा ल्याएको थियो ।

कम्पनीले स्टेल्थ एडिशनमा कुनै मेकानिकल परिमार्जन भने गरेको छैन । कम्पनीले यसमा १६३ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १५.२ पीएस पावर र १४ एनएम टर्क प्रदान गर्छ ।

हिरोले एक्स्ट्रीम १६० आरमा ३७ एमएमको टेलिस्कोफिक फ्रन्ट र रियरमा मोनोशक सस्पेन्स दिएको छ । १७ इन्चको अलोय ह्वील र दुबै चक्कामा डिस्क ब्रेकको साथ सिंगल च्यानल एबीएसले मोटरसाइकललाई सुरक्षीत बनाएको छ ।