एमालेभित्र रैती बन्न नसक्नेहरू समाजवादी भए : रामकुमारी झाँक्री

हाम्रो सन्देश संवाददाता

गुल्मी, १ कात्तिक ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमाले पार्टीभित्र रैती र चाकर बन्न नसक्ने व्यक्तिहरूले स्वतन्त्रताका लागि नेकपा (एकीकृत समाजवादी) पार्टी जन्माएको बताएकी छन् ।

उनले केपी ओलीले पार्टीमा जीवन समर्पण गरेकाहरूलाई आफ्नै चाकर र रैतीको व्यवहार देखाउने र आफ्नो भक्तिगान गर्नेहरूलाई अवसर र जिम्मेवारी दिएका कारण नयाँ पार्टीको आवश्यकता परेको बताइन् । जहिले पनि पार्टी सिद्धान्त र पद्धतिको कुरा गरिरहेकाले आफूहरूलाई केपी ओलीले दुश्मन ठानेको उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृत्व र अवसरका लागि आफ्नो पार्टीमा व्यक्ति पूजा र झोला बोक्नु नपर्ने झाँक्रीले दाबी गरिन् । उनले अझै पनि केपी ओलीबाट पेलिएका केही नेताहरूले बनिबनाउ घरको नाममा ओली पार्टीको दासत्व स्वीकार गर्न खोजे पनि केही फरक नपर्ने पनि बताइन् ।

त्यसैगरी मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्ज, प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ।

उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पार्टी राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पाएका छन् ।

प्रमेश हमाल पार्टी स्कूल विभाग प्रमुख, महासचिव डा बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता, उपमहसचिव प्रकाश ज्वाला सङ्गठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इञ्चार्ज तोकिएको आपनीमा उल्लखे छ ।

उपमहसचिव डा गङ्गालाल तुलाधर केन्द्रीय कार्यालय तथा विपद् व्यवस्थापन र शिक्षा विभाग प्रमुख, उपमहसचिव डा विजय पौडेल मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख, उपमहसचिव जगन्नाथ खतिवडा सचिव तथा प्रचार विभाग तथा संचार फाँट इन्चार्ज बनेका छन् ।

त्यस्तै सचिव नागेन्द्र चौधरी वन तथा वातावरण विभाग र स्वास्थ्य विभाग प्रमुख, जीवनराम श्रेष्ठ वागमती प्रदेश सहइञ्चार्ज, संघीय संसदीय विभाग प्रमुख काठमाडौं जिल्ला इन्चार्ज,

उर्वादत्त पन्त स्थायी कमिटी सदस्य भौतिक योजना विभाग प्रमुख रहेका छन् । न्यूज भण्डारलाई प्राप्त जानकारीअनुसारगोविन्द कोइराला सहकारी तथा गरीबी निवारण विभाग प्रमुख, गौरा प्रसाई कोइराला समाज कल्याण विभाग प्रमुख, बलराम बास्कोटा कृषि तथा भूमिसुधार विभाग प्रमुख किसान फाँट इञ्चार्ज, भानुभक्त जैसी जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख रहेका छन् ।