धन कमाउन मलेशिया गएका एक नेपालीको दुखत निधन !

हाम्रो सन्देश संवाददाता

मलेसिया , १ कात्तिक ।

बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।

बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए ।

पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ । मृतक जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए ।

उनको घरमा श्रीमति, २ छोरी र १ छोरा छन् । शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर पुष्टी भएको थियो ।

केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् ।

बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् भने पहिरोमा फसेका मानिसलाई राहत सामग्री पु¥याउन हेलिकप्टर परिचालन गरिएको छ ।
कोटायाम जिल्लामा एउटा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गरेको भिडियो भाइरल बनेको छ ।

सन् २०१८ मा केरलामा परेको भीषण बर्षापछिको पहिरोमा चार सय जनाको मृत्यु भएको थियो ।