सिन्धुपाल्चोकमा ३५ जना सवार बस दुर्घटना, दुईको अवस्था गम्भीर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ असोज ।

दोलखाबाट काठमाडौँ जाँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । बा २ ख ३२६४ नम्बरको बस लामोसाघु जिरी सडक खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका–७, पाँच किलो नजिकै दुर्घटना भएको हो।

ब्रेक फेल भएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिएका छन् ।

बसमा चालक र सहचालक सहित ३५ जना सवार रहेको उनले बताएका छन् । केन्द्रविन्दुसँग कुरा गर्दै डिएसपी बस्नेतले भने ‘बस रिजर्भ लिएर काठमाडौँ जाँदै गरेको थियो । दुई जनाको अवस्था गम्भीर भएकाले धुलिखेल अस्पताल पठाइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तस्वीरः दिनेश थापाको सामाजिक सञ्जालबाट

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताउनुभयो ।

ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटना भएको ट्र्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।