नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी

हाम्रो सन्देश संवाददाता

काठमाडाै, ३० असोज ।

नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए खेलमा भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो । ५० औं मिनेटमा सुरेशले गोल गर्दा भारत २–० ले अगाडी रह्यो । ९० मिनेट पछि थपिएको मिनेटमा बैकल्पिक साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए।

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न जितेको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रहेको छ ।

साफ फाइनल : नेपाल र भारत पहिलो हाफमा बराबरी

साफ च्याम्पियनसिपको १३ औं संस्करणको फाइलन खेलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी पहिलो हाफ सकिँदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका हुन् ।

दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । फाइनल खेलमा दुबै टोलीले आक्रामक खेल खेलेका छन् ।

नेपाली टोली –
गोलरक्षक – किरण कुमार लिम्बु (कप्तान) डिफेन्डर – गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल मिडफिल्डर– पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ स्ट्राइकर – सुमन लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ