माधव नेपालको मुकण्डो यसरी उतार्दिए रवि लामिछानेले

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असोज ।

चर्चित संचारकर्मी रवि लामिछानेले नवनियुक्त मन्त्री द्धय प्रेम र आले सँगै उनीहरुलाई मन्त्री बनाउँने माधव नेपाल प्रति कडा अभिव्यक्ति दिएका छन् ।

आले र श्रेष्ठलाई अवसरवादीको नांंगो रुप भन्दै लामिछानेले उनीहरुलाई जोकर सँग तुलना गरेका छन् । उनीहरुलाई मन्त्री बनाउँनु पर्ने कुनै कारण नभएको भन्दै उनले विदेशमा भएको भए उनीहरु सरकारमा होइन सर्कसमा हुने थिए भनेका छन् ।

आफ्नो कार्यक्रम सिधा कुरा मार्फत सरकारको पछिल्लो रवैया प्रति निकै आक्रामक प्रस्तुति दिएका लामिछानले अघिल्लो पटक ओली सरकारमा समेत मन्त्री भएका प्रेम आलेको भाइरल भाषणको क्लिप नै बजाएका थिए । सात नम्बर गियरमा सरकार अघि बढछ भन्ने आलेको भाषण बजाउँदै लामिछानले दनक दिएका थिए ।

प्रेम आले र किसान श्रेष्ठ मन्त्री बनको सुन्दा आफुलाई मरौँ मरौँ लागेको पनि उनले बताए । यदी मरेर माथी जाँदा पनि यमराजलाई के भनेर जवाफ दिने होला त्यत्ती जवाफ पनि आफु सँग नभएको भन्दै लामिछानेले उनीहरु त्यत्ती तल्लो स्तरको मान्छे हो भनेका छन् ।

रविले माधव नेपालले नेतृत्व गरको पार्टीलाई भुरो पार्टी भनिदिएका छन् । अहिले यस्तो भुरो पार्टीमै यस्तो छ भने यो पर्टी पछि ठूलो बनेछ भने के सम्म गर्छ होला भनेर अहिलेनै भन्न सकिने पनि उनले बताए । ओले र श्रेष्ठ सँग पैसा र भुँडी बाहेक अरु केहि नभएको पनि उनले भनेका छन् ।

केहि समय अघि मात्रै प्रधानमनत्री शेरबहादुर देउवाको हात बाट आफ्नो टेलिभिजन ग्यालेक्सी फोर के को उद्घाटन गराएका लामिछानेले देउवाको पनि चर्को आलोचना गरेका छन् । देउवाले उद्घाटन गरको टेलिभिजन सुनपानीले छर्कन समेत तयार रहेको उनले भनेका छन् ।