जातिय भेदभावको अन्त्य गर्नुपर्छ भन्दै विनयजंग बस्नेतले गरे पूजा विश्वकर्मासँग विवाह

हाम्रो सन्देश संवाददाता

काठमाडाैं ।

बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन केन्द्र अध्यक्ष तथा समाजसेवी विनय जंग बस्नेतले पूजा विश्वकर्मासँग लगन गाठो कसेका छन् । आज बुधबार बस्नेतले जातिय भेदभावको अन्त्य गर्नुपर्छ भन्दै अन्तरजाति विवाह गरेका हुन् ।

विगत ९ वर्षदेखि निरन्तर बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन संस्था चलाउदै आएका बस्नेतले पूजासँग विवाह बन्धनमा बाधिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । यो उनको दोस्रो विवाह हो ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्ः ‘जातिय भेदभावको अन्त्य गरौं । भाषण र नारा अनि चिप्ला चुनावी कुरामा मात्र सिमित नराखौं जातिय विभेद अनि जातिय छुवाछुत आजैबाट बन्द गरौं ।

हामीलाई हौसलासहित शुभकामना अनि आशिर्वाद र बधाई निुहुने सबै प्रती हार्दिक आभारी छौं ।अन्तरजाति विवाह गरेका विनय र पूजालाई सामाजिक संजालमा मार्फत शुभकामना र बधाई दिनेको ओइरो लागेका छ ।

हाँस्य कलाकार पवन खतिवडाले गरे अन्तरदेशीय अन्तर जातीय बिवाह नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’का कलाकार पवन खतिवडा ‘म्याकुरी’ले लगनगाँठो कसेका छन् ।उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् ।

पवन पछिल्लो समयमा नेपाली कमेडीमा रुचाइएका कलाकारमा पर्दछन् ।बिवाह पछी उनले ‘जिवनको नया अध्याय सुरु उनि सिक्किमकि छोरी म नेपालको,म बाहुन को छोरो उनि राइको(intercast- intercountry)हाम्रो लागि माया प्रेम नै सर्बैसर्व भयो।

यो समाजले के भन्ला भन्दा पनि हामिले समाजलाइ के दिने भन्ने लाग्यो।।केही बर्ष अघिको चिनजान प्रेम मा परिणत भइ बिहेमा परिणत गर्ने निर्णय गरेको छौ आशा छ सदा हजुरहरुको आशीर्वाद को अपेक्षा राखेका छौ। सदैब तिमी सङ्ग खुशी भै जीवन काट्न पाइओस Happy married life to us भन्दै पोस्ट गरेका छन ।