देउवा सरकारको गोप्य सेटिङ ओलीले गरिदिए खुलासा, वालुवाटारमा खैलाबैला!

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ असोज ।

प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् ।

हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए ।

गृहजिल्ला झापामा बिहीबार आयोजित कार्यक्रममा ओलीले पैसाको कारोबार नहुँदा वार्टर सिस्टममा काम हुने गरेको बताए ।

यो सरकार पनि कसरी बनेको रहेछ अहिले थाहा भएको भन्दै उनले भने, ‘पैसाको कारबाही भयो कि भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो । अरु केके भएको थियो, पछि देखिएला ।

अध्यक्ष प्रचण्डद्वारा दसैँको शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत्् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो ।”

अध्यक्ष प्रचण्डले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएका बताउँदै त्यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभारसमेत भएको उल्लेख गर्नुभएको छ ।

“कोरोना भाइरसका कारण अझै सहजरूपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गर्दै पुनःएकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,” अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।