ब्रेकिङ्ग..बुटवल घटनाका घाइतेमध्य ३ जनाकाे मृत्युु, स्थिति झन तनावग्रस्त

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ असोज ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीनजनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये तीनजनाको मृत्यु भएको हो ।

अस्पतालका प्रशासन प्रमुख शुशील गुरुङले ८ जना स्थानीय ल्याइएकोमा ३ जनाको मृत्यु भएको पुष्टी गरे । उनले घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको बताए । अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको छ ।

सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

तर, आन्दोलनकारीको प्रदर्शनले स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

कांग्रेस नेताको घाँटी रे’टेर ह’त्या, अभियोगमा यी आफन्तलाई लगियो नियन्त्रणमा

रोल्पामा नेपाली कांग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या भएको छ। रोल्पा नगरपालिका–६ दार्बाेटका ५२ वर्षीय पूर्णबहादुर बुढाको घाँटी रेटेर ह’त्या भएको हो। बुढाको आफ्नै घरमा घाँ’टी काटेको अवस्थामा श’व फेला परेको रोल्पा प्रहरीले जनाएको छ।

उनी गत साउन २३ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए। रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले क्षेत्रीय प्रतिनिधि बुढाको आइतबार राति ह’त्या भएको जानकारी दिए।

‘हिजो (सोमबार) बिहान ११ बजे घटना थाहा भयो। अघिल्लो राति ह’त्या भएको हुन सक्छ,’ उनले भने। सभापति पुनका अनुसार बुढा घरमा एक्लै बस्दै आएका थिए।

श्रीमतीको निधन भइसकेको, छोराहरु वैदेशिक रोजगारीमा रहेका र छोरीको बिबाह भइसकेकाले बूढा एक्लै बस्दै आएका उनले बताए। प्रहरीले ह’त्या गरेको आशंकामा मृतकका भाइ अमराज बुढालाई पक्राउ गरेको छ।

कुकुरले गरेको पहिचान गरेका आधारमा प्रहरीले भाइलाई पक्राउ गरेको हो। रोल्पा प्रहरीले बाँकेको नेपालगञ्जबाट कुकुरसहितको टोली घटनास्थल बोलाएको थियो।

‘अहिलेसम्म घटना कसले गराएको हो भन्ने खुलेको छैन। ह’त्या आरोपमा प्रहरीले मृतकका भाइ पक्राउ गरेको छ,’ जिल्ला सभापति पुनले भने। घरमा एक्लै रहेका बुढाको सोमवार विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा ह’त्या भएको अवस्थामा पाइएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए।