धन कमाउन मलेशिया गएका एक नेपालीको दु’खत नि’धन !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, २७ असोज ।

मलेशियामा फुलपातिकै दिन एक नेपाली कामदारको ज्यान गएको छ। राजधानी क्वालालम्पुर क्षेत्रको मुन्टकिरा स्थित कोरियन बिबिक्यु रेस्टुरेन्टमा कार्यरत धिरज राईको मृत्यु भएको हो।

संखुवासभा निबासी राई २७ बर्षे राई लामो समय देखि उक्त रेस्टुरेन्टमा कार्यरत थिए भने नेपालिहरुको चार्ड बडा दशैको अवसरमा फुलपाती मान्न आफ्नो दाजुको कोठामा गएका थिए।

फुलपातिको अघिल्लो दिन दाजुको कोठामा खानपिन गरि राती सवै सुतेका बेला उनिहरु बस्ने कन्डोमिबियमको तला बाट हाम फालेर प्राण त्यागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यो घट्ना बारे मृतककै दाजु लाई बुझ्न सम्पर्क गर्दा फोन उठेन।

दशैको मौकामा अत्यधिक मदिरा सेवन गरि होस गुमाएकोले कन्डोमिनियमको तलाबाट खसेर उनको मृत्यु भएको हुन सक्ने साथिहरुले बताए। यद्यपि यो समाचार तयार पार्दा सम्म राईको के कारण मृत्यु भयो भन्ने आधिकारिक पुष्टि भएको थिएन।