सांसदको दसैँ भत्ता काटिएपछि रामनारायण बिडारीको आक्रोश : के सबै सांसद विनोद चौधरी हुन् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ असोज ।

सरकारले यस वर्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरू स्वकीय सचिव र सवारी चालकलाई दिँदै आएको दसैँ भत्ता रोकेको छ।

दसैँ भत्ता रोकिएपछि राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले सरकारप्रति आक्रोश पोखेका छन् ।सरकारले सांसदमाथि असमान व्यवहार गरेको भन्दै बिडारीले आपत्ति प्रकट गरेका हुन् ।

सांसद रामनारायण बिडारीलाई दसैँ भत्ता चाहिएर यो कुरा भनेको हैन, मेरो लागि त अरू बेला पाउने भत्ता पनि कटौती गरिदिए हुन्छ बिडारी रातोपाटीसँग कुरा गर्दै भन्छन्,मैले आम सांसदहरूको कुरा गरेको हुँ।

सरकारले कोभिड कोषमा रकम जम्मा गर्न त्यसो गरेको भन्छ भने कर्मचारीहरूको चाहिँ किन कटौती नगरेको?सरकारमाथि सांसद बिडारीको प्रश्न छ सभामुखका निजी सचिवालयका सबै स्वकीयहरूले तलबसहित दसैँ भत्ता पाउने।

राष्ट्रिय सभाको उपाध्यक्ष र उनको सचिवालयले पनि पाउने । तर, सचेतक, प्रमुख सचेतक, सभापति, उनीहरूको सचिवालय र ड्राइभरसमेतले दसैँ खर्च नपाउने किन ?