कामदार अभाव पछि मलेसियाले नेपाली लैजाने, मलेसियाले चाल्यो यस्तो कदम !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर ।

तीन वर्षअघि उत्पन्न सिण्डिकेट विवादका कारण रोकिएको मलेसियाको रोजगारी खुलेको छ । २०७५ सालमा सिण्डिकेट वि’वादपछि म्यानपावर कम्पनीहरूले नेपाली कामदार मलेसिया पठाउन सकेका छैनन् ।

मलेसियाले ३२ हजार विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालमाथि लगाएको प्रतिब’न्धसमेत फुकुवा गरेको छ । नेपालबाट सुरक्षा गार्ड, उद्योग, कम्पनी र अन्य क्षेत्रमा मलेसिया सरकारले कामदार लिने घो’षणा गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

श्रमिकको अभाव भएपछि मलेसियाले केही संख्यामा विदेशी श्रमिक लिन लिएको नी’तिभित्र नेपालसमेत परेको मलेसियास्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै को’रोना निय’न्त्रणका लागि निश्चित माप’दण्ड अध्यागमन कार्यालयको माइ’ट्राभल पास/माई इन्ट्री, मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने, को’भिडको

परी’क्षण गरिएको नेगेटि’भ रिपोर्ट उड्नुभन्दा ४८ घण्टा अगाडि पेस गर्नुपर्ने मापदण्ड राखेको छ । यसैगरी, मलेसिया पुगेपछि तोकिए अनुसार क्वा’रेन्टाइन बस्नुपर्नेछ । भिसा लगायतका विषयमा कुनै कुरा बुझ्नु परेमा वेभसा’इटमा सूचना हेर्न सकिने दूतावासले जनाएकाे छ ।

प्रक्रिया पुरानै !
मलेसियामा सि’ण्डिकेटका कारण बन्द हुनुअघिकै प्रक्रियाबाट कामदार पठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियाको रोजगार खुल्यो भन्ने सुनिए पनि मलेसियाका तर्फबाट आधिकारिक जानकारी भने नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

मलेसिया सरकारसँग भएको श्रम सम्झौता अनुसार तत्काल पुरानै प्रक्रियाबाट कामदार पठाउनुपर्ने अवस्था रहेको सचिव गौतमले बताए । ‘मलेसिया सरकारसँग भएको श्रम सम्झौता र तत्काल २०७५ सालअघिकै प्रक्रियाबाट कामदार पठाउने हो । लामो समयपछि रोजगारी खुलेको छ ।

जसका कारण पहिला कामदार पठाउन सुरु गर्नुपर्छ’, उनले भने, ‘मलेसियामा विगतमा देखिएका समस्या श्रम सम्झौताअनुसार समा’धान गर्न विषयमा छलफल हुन्छ । कामदारको सेवाशुल्क रोजगारदाता कम्पनीले बेहोर्ने श्रम सम्झौता उल्लेख छ ।’

मलेसिया र नेपालबीच १२ कात्तिक २०७५ मा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । नेपाल र मलेसि’याबीच भएको त्यो सम्झौता १७ वर्षको थियो । नेपालका तर्फबाट तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

श्रम सम्झौतामा मलेसिया जाने कामदारको करार अवधि भने तीन वर्षबाट दुई वर्ष कायम गरिएको छ । भिसा शुल्क, हवाई टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच, लेबीलगायत खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्ने गरी समझदारी भएको थियो ।