मलेसियामा विगत १३ वर्षको अवधिमा ३ हजार नेपाली श्रमिकको मृत्यु ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ  ।

विगत १३ वर्षको अवधिमा मलेसियामा गएका ३ हजार १७ नेपाली श्रमिकको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डका तथ्यांकअनुसार चालू आवको पुस महिनासम्ममा १६५ नेपाली श्रमिकको मृत्यु भएको छ । त्यस्तै, आव २०७६/७७ मा १७६, आव २०७५/७६ मा २२९, आव २०७४/७५ मा २८९, आव २०७३/७४ मा २६०, आव २०७२/७३ मा ३३९, आव २०७१/७२ मा ४२५, आव २०७०/७१ मा ३०३, आव २०६९/७० मा २५०, आव २०६८/०६९ मा २३८, आव २०६७/६८ मा २२३, आव २०६६/६७ मा १०७ र आव २०६५/६६ मा १३ जना श्रमिकको मृत्यु भएको बोर्डले जनाएको छ ।

मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार मलेसियामा हाल सबा ३ लाख नेपाली श्रमिक कार्यरत छन् । तर, गैरकानुनी रूपमा रहने कामदारको पनि उत्तिकै रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । तर, गैरकानुनी रूपमा रहेका श्रमिक भने सोक्सोमा आबद्ध हुन पाउनेछैनन् ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्यमध्ये मलेसिया एक हो । नेपाली श्रमिकहरू दुई दशकअघिदेखि श्रमका लागि मलेसिया जाने गरे पनि २०७५ साल चैतमा मात्रै नेपाल र मलेसियन सरकारबीच श्रम सम्झौता भएको थियो । सम्झौता नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रमिकको हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतका खर्च रोजगारदाताले नै व्यहोर्नुपर्नेछ ।

नेपालले नेपाली श्रमिकलाई रोजगारीमा जान विश्वका ११० वटा मुलुक खुला गरेको छ । जसमध्ये कतार, युएई, जापान, दक्षिण कोरिया, बहराइन, इजरायल, जोर्डन र मलेसियासँग द्विपक्षीय श्रम सम्झौता गरेको छ ।

मृतकका परिवारले आजीवन ९० प्रतिशतसम्म पेन्सन पाउने सामाजिक सुरक्षा संस्थामा आबद्ध हुने नेपाली श्रमिकले स्याथी अशक्ततादेखि पेन्सनसम्मको सुविधा पाउनेछन् । सोक्सोले सञ्चालन गरेको अस्थायी तथा स्थायी अशक्तता सुविधा, स्वास्थ्योपचार सुविधा, आश्रित परिवार सुविधा, मृत्यु भएमा शव व्यवस्थापन सुविधा र अन्तिम संस्कारको खर्चसमेत सोक्सोले नै व्यहोर्ने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

सोक्सोको सुविधाअनुसार नेपाली श्रमिकको कार्य अवधिमा नै मृत्यु भएमा मृतक परिवारले पेन्सन सुविधा पाउनेछन् । सोक्सोले मृतकको परिवालाई कामदारको आधारभूत पारिश्रमिकको ९० प्रतिशतसम्म आजीवन पेन्सन उपलब्ध गराउनेछ । यो सुविधा मृतकको परिवारजन (आमा, बाबु, श्रीमती वा श्रीमान् र २१ वर्ष नपुगेका छोराछोरी)ले पेन्सन सुविधा पाउनेछन् ।

त्यस्तै, मृतक कामदारको दाहसंस्कार गर्न सोक्सोले २ हजार रिंगेट (५७ हजार ६८० रुपैयाँ) प्रदान गर्नेछ । तर, कामदारको शव नेपाल ल्याउनुपरेमा ६ हजार ५ सय रिंगेट ( १ लाख ८७ हजार रुपैयाँ) प्रदान गर्नेछ ।

त्यस्तै, श्रमिक दुर्घटनामा परी अंगभंग भएमा सबै उपचार खर्च सोक्सोले नै व्यहोर्नेछ । तर, श्रमिक स्याथी रूपमा अशक्त भएमा आजीवन श्रमिकलाई नै निश्चित रकम प्रदान गर्ने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।