एनआरएन मलेशियाले बिरामी पुनको उद्दार गरि स्वदेश फर्कायो !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, २४ असोज।

गैर आवासिय नेपाली संघ मलेशियाले एक नेपाली श्रमिकको उद्दार गरि स्वदेश फर्काएको छ।

रोजगारीका लागि करिब ३ बर्ष अघि मलेशियाको क्यामरुन हाईल्याण्ड स्थित मेङ सिन ट्रेडिङ फार्मिङ कम्पनीमा आईपुगेका पुनको उद्दार गरि आइतबार नेपाल फर्काएको हो।

झाउकोट- ९ रोल्पा निबासी ओबि राम पुन आफू आएको कम्पनिबाट भागेर अवैधानिक हैसियतमा कार्यरत थिए। बिरामिले च्यापे पछि काम गर्न नसक्ने अवस्थामा साथिहरुको कोठामा शरण लिएर बसेका पुनले संघ लाई आफुलाई उद्दार गरि नेपाल फर्काई दिन निवेदन दिएका थिए।

सोही निबेदनको आधारमा गैर आवासिय नेपाली संघ मलेशियाले स्वदेश फर्काउन लाग्ने दस्तुर ट्राभल डकुमेन्ट, प्लेन टिकट, पिसिआर टेस्ट,लगायतको खर्च संघले जुटाएको संघका स्वयंसेवक गोबिन्द पुनले संदेश प्रवाह अनलाइनलाई जानकारी गराए।