पोखरा उड्न लागेका प्रधानमन्त्री देउवा एक्कासी किन रोकिए ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २४ असोज ।

आज (आइतबार) बिहान पोखरा जान ठिक्क परिसकेका प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनअघि मात्र उद्योगमन्त्रीमा नियुक्त गजेन्द्र हमालको राजीनामा आएपछि रोकिएका छन्।

अब उनकाे राजीनामा बुझेर मात्र प्रधानमन्त्री देउवा पोखरा प्रस्थान गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताएका छन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री हमालले केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।

जसका कारण आज बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम रहेका देउवा केही समय राेकिनुपर्ने अवस्था आएकाे हाे।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए ।