मन्त्रालयमै जब टिकटकको प्रशंग आयो, मन्त्री झाँक्री यसरी हाँसेर टारिन् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असोज ।

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पहिलो पटक नेपाल सरकारको शहरी विकास मन्त्री बनेकी छन् । नेकपा एसको निर्माण र विद्रोही सोच भएकी नेतृ झाँक्रीले सपथ लिँदै गर्दा त्यहाँको माहोल खुसीयालीमा परिणत भयो ।

लामो समय विद्यार्थीकालबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी झाँक्री भाइबहिनी मध्येकी छैठौँ नम्बरमा पर्छिन । एक साहासी र निडर झाँक्रीका लागि मन्त्री पद छोटो समयमा प्राप्त भएको हो । समानुपातिक कोटाबाट सांसद बनेकी झाँक्रीका लागि मन्त्री पद चानचुने थिएन ।

उनले सपथ लिँदै गर्दा भनिन्, ‘यसअघिका सरकार र हामी गर्ने काममा पक्कै फरक हुनेछ । जसका लागि कर्मचारी साथीहरुको साथ चाहिन्छ । मुलुकलाई कुन दिशामा डोर्याउने भन्ने महत्वपूर्ण जिम्मा कर्मचारीको पनि हुन्छ ।

झाँक्री राजनीतिक व्यक्ति भएपनि उनी पब्लिक फिगर हुन् । उनको वाकशैली र साहासी पन धेरैले रुचाएका छन् । उनीमाथि जति टिप्पणी भएपनि उति नै प्रशंसा हुने गर्दछ ।

शुक्रबारको दृष्य पनि उस्तै देखिए । उनका शुभचिन्तकहरुले सिंहदरबार परिसरमै अब दिदीको टिकटक कम हुने भयो भन्दै हाँसो गरेका थिए । यो उनलाई हसाउँने प्रयत्न पनि थियो ।

झाँक्री सबैलाई एकैनजरमा हेर्ने, सहनशील स्वभावकी भएरपनि होला उनीसँग भेट भएका व्यक्ति उनको प्रशंसा गर्छन ।

लामो समय विद्यार्थीकालबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी झाँक्री भाइबहिनी मध्येकी छैठौँ नम्बरमा पर्छिन । एक साहासी र निडर झाँक्रीका लागि मन्त्री पद छोटो समयमा प्राप्त भएको हो । समानुपातिक कोटाबाट सांसद बनेकी झाँक्रीका लागि मन्त्री पद चानचुने थिएन ।

उनले सपथ लिँदै गर्दा भनिन्, ‘यसअघिका सरकार र हामी गर्ने काममा पक्कै फरक हुनेछ । जसका लागि कर्मचारी साथीहरुको साथ चाहिन्छ । मुलुकलाई कुन दिशामा डोर्याउने भन्ने महत्वपूर्ण जिम्मा कर्मचारीको पनि हुन्छ ।

झाँक्री राजनीतिक व्यक्ति भएपनि उनी पब्लिक फिगर हुन् । उनको वाकशैली र साहासी पन धेरैले रुचाएका छन् । उनीमाथि जति टिप्पणी भएपनि उति नै प्रशंसा हुने गर्दछ ।

शुक्रबारको दृष्य पनि उस्तै देखिए । उनका शुभचिन्तकहरुले सिंहदरबार परिसरमै अब दिदीको टिकटक कम हुने भयो भन्दै हाँसो गरेका थिए । यो उनलाई हसाउँने प्रयत्न पनि थियो ।

झाँक्री सबैलाई एकैनजरमा हेर्ने, सहनशील स्वभावकी भएरपनि होला उनीसँग भेट भएका व्यक्ति उनको प्रशंसा गर्छन।