मलेसियामा एकपछि अर्को गर्दै नेपाली कामदारको मृत्यु, यस्तो रसायन भएको खुल्यो रहस्य !

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी “टप ग्लोब”मा एक नेपाली श्रमिकको मृत्यु भएको पुष्टि भएको छ ।

उनलाई सेप्टेम्बर १८मा ती मजदुरलाई शाह आलम अस्पतालमा भर्ना गरिएको थियोे भने उनको १० दिनपछि सेप्टेम्बर २८मा निधन भएको आप्रवासी कामदार र श्रम अधिकार कार्यकर्ता एन्डी हलले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उक्त कम्पनीमा करिब ५ हजारबढी नेपाली श्रमिक कार्यरत रहेका छन ।
त्यस्तै मलेसियाको विभिन्न सात राज्यहरुमा विषाक्त मदिराको कारण ३३ जनाको ज्यान गएको उल्लेख गरिएको छ । जसमा ३ जना नेपाली समेत रहेको मलेसियन स्वास्थ्य मन्त्रालयले एक बक्तव्य जारी गरी जनाएको थियो ।

साथै, विभिन्न समयमा नेपालको तराई क्षेत्रमा विषाक्त घरेलुु मदिराको कारण ज्यान गुमाउनेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।

घरेलु मदिरामा विभिन्न अखाद्य रसायनहरु मिसावट गरेर उत्पादन गरिएको घरेलुु मदिरा तथा बजारमा पाईने नक्कली मदिरा सेवनको कारण नेपालमा ज्यान गुमाउनेहरु पनि बढेका छन् ।