कमजोर मन्त्रालय दिएको भन्दै माधव नेपाल देउवासँग फायर, पुगे बालुवाटार !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ असोज ।

परमादेशबाट बनेको देउवा सरकारले ८५ दि सम्म पनि मन्त्रिपरिषद बिस्तार गर्न सकेको छैन् । भागबण्डा मिलेपनि मन्त्रिको नामै टुङरगाउन सकेको छैन । अहिले सम्म माओबादि बाहेका अरुलाई नाम टुङ्गाउनै सकर परिरहेको छ । नेकपा एकीकृत समाजवादीको हालत पनि त्यस्तै छ ।

नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । मन्त्रिण्डलको भागबण्डा गर्दा आफ्नो पार्टीलाई कम महत्वका मन्त्रालयमात्रै दिइएको भन्दै अध्यक्ष नेपाल रुष्ट छन् ।

यही विषयमा कुरा गर्न उनी यतिवेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको एक नेताले जानकारी दिए । यसअघि नेपाल पार्टीको स्थायी कमिटी बैठकमा थिए । उक्त बैठकमा समेत नेपालले आफ्नो पार्टीलाई कम महत्वको मन्त्रालय दिएकोमा गुनासो पोखेका थि । नेकपा ९एकीकृत समाजवादी० ले चार मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै सरकारलाई पूर्णता दिन चाहेका छन् । यसको लागि उनले मन्त्रालयमा भागबण्डा भएअनुसार मन्त्रीहरुको नाम दिन भनिसकेका छन् । तर, माओवादी केन्द्रबाहेक अरु दुई दल नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी, नेपालले मन्त्रीको नाम दिन सकेका छैनन् ।

स्रोतकाअनुसार कांग्रेसबाट अब मन्त्री बन्ने कोटा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाबाट हो । दुवै समूहले अहिलेसम्म प्रधानमन्त्री देउवालाई मन्त्रीको नाम दिन सकेका छैनन् ।

चुर्लम्म डुबे माधव नेपाल , देउवा र प्रचण्डले बदला लिएपछि भए झसंग

पदकै लागी एमाले फुटाएको आरोप लागेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल माथी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नमिठो सँग बदला लिएका छन् ।

माधव नेपालका कारण यो सकार बनेको र हामीलाई धेरै र राम्रो मन्त्रालय चाहिन्छ भनेर बसेका नेकपा एसका नेतालाई देउवा र प्रचण्डले जम्मा ४ वटा मन्त्रालय मात्रै दिएका छन् । भाग पुर्याउँनै नसक्ने अवस्था आए पछि माधव नेपाल भित्रै भित्रै आक्रोसित बनेका छन् ।

नेकपा एसले कम्तीमा ६ वटा, त्यसमा पनि मालदार मन्त्रालय मागेको थियो तर जम्मा ४ त्यसमा पनी औसत खालका मात्रै मन्त्रालय पाए पछि अहिले उनीहरु हिस्स भएका छन् । काग्रेस र माओवादीले गृह र अर्थ पाए त्यस पछिको महत्वपुर्ण मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालय पाउँनु पर्ने एसको अडान थियो तर पाएनन् ।

अहिले त एसले आफ्नो भागमा मन्त्रालय थोरै भएको भन्दै भागबन्डा सच्याउन माग गरेको छ । सो पार्टीले मन्त्रालयको संख्यामा चित्त नबुझेसम्म सरकारमा नजाने सम्मको चेतावनी दिएको छ।

बुधबार बिहानको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्री सहित ८, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय पाउने तय भएको थियो।

सोहीअनुसार कांग्रेस र माओवादीले मन्त्री बन्नेको नाम टुंगो लगाइसके पनि एकीकृत समाजवादीले भागबन्डाबारे फेरि छलफलको माग राखेको छ ।एकीकृत समाजवादीको यो मागसँगै घटस्थापनाको दिन मन्त्रिपरिषदले पूर्णता नपाउने सम्भावना देखिएको छ ।

एकीकृत समाजवादीले मन्त्रालय भागबन्डामा देखाएको असन्तुष्टिलाई राजनीतिक वृत्तमा ‘बार्गेनिङ’को रुपमा लिइएको छ । मन्त्री कम पाएको बहानामा सो पार्टीले प्रतिनिधिसभामा रिक्त उपसभामुख पदका लागि बार्गेनिङ गरेको आकलन गर्न सकिन्छ ।

एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । समाजवादीबाट एकजना राज्यमन्त्रीसमेत हुने भएको छ ।

एकीकृत समाजवादीका एक शीर्ष नेताले पार्टीको तर्फबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी र प्रेम आलेमगर मन्त्री बन्ने पक्का भइसकेको छ ।