हिरोईनले खिचेको से’ल्फिमा से’क्स टो”य दे’खिएपछी..

हाम्रो सन्देश संवाददाता

मुम्बइ।

बलिउडको दुनिया बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन । बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन्

अर्कोतर्फ केही हिरोइनहरु आफैंले चाहेर वि’वादित बन्छ् केहीलाई भने अरुले वि’वादित बनाइदिन्छन् । अरुका कारण बदनाम हुनुपर्ने हिरोइनको सूचिमा पछिल्लो समय नेहा शर्मा परेकी छिन् । जसको एउटा सेल्फी अरु कसैले एडिट गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै बद’नामी सहनुपरेको छ ।

आफ्नो फोटो छेडछाड गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म तल झर्न सक्छन्-नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो ।

यो फोटो सामान्य थियो तर कसैले यो फोटो डाउनलोड गरेरएडिट गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो ।

ती व्यक्तिले यो फोटो एडिट गरेर त्यसमा से’क्स टो’य थपिदिए जसका कारण यो फोटो निकै भाइरल भयो । केही प्रयोगकर्ताले यसलाई साँच्चैको ठानेर रिट्वीट गरिदिँदा यो फोटो भाइरल भएको थियो जसका कारण नेहाले बद’नामीको सामना गर्नुपर्यो ।

फोटो भाइरल भएपटि ट्वीटरमा विभिन्न प्रतिक्रिया आउन थाले ।
केहीले कुरै नबुझी नेहालाई अ’पशब्द समेत भन्न भ्याए केहीले भने नेहाको साथ दिए ।

जब यो फोटो स्वयं नेहाले देखिन् त्यसपछि उनले वास्तविक फोटो पोस्ट गर्दै यो सबै फोटो बिगारेर बद’नाम गराउने गलत नियतले गरिएको बताइन् । उनले ट्वीटरमा कसैले आफ्नो फोटो छेडछाड गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म तल झर्न सक्छन् ’ । यो घटना केहि समय पहिलाको हो ।