नेपालीलाई झनै गाह्रो बन्दै मलेसिया, नेपाली सहित २२ जना पक्राउ ?

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर :

मलेसियामा २२ जना श्रमिकहरु पक्राउ परेका छन् । मलेसिया सरकारले पछिल्लो समय गैरकानुनी रुपमा रहेकाहरुलाई पक्राउ गर्न थालेको छ ।

मलेसिया अध्यागमन बिभागले ३६ जनालाई अनुसन्धानमा लिएकोमा २२ जनालाई पक्राउ गरेको छ । श्रम कानुन उलंघन गरेको अवस्थामा २२ जनालाई पक्राउ गरिएको मलेसियन पत्रपत्रिकाले जनाएको छ ।

पक्राउ पर्नेमा २० जना पुरुष र २ जना महिला रहेको जनाएको छ भने जसमा नेपालीहरु पनि रहेको जनाइएको छ ।
पक्राउ पर्नेमा कतिजना नेपालीहरु छन् भन्ने खुलाइएको छैन ।

मुख्यतः श्रम सम्झौतामा कामदार पठाउने सम्बन्धमा तय गर्नुपर्ने आवश्यक संयन्त्र र प्रक्रिया स्पष्ट नभएकोले नै मलेसियाको रोजगारी सूचारु हुन नसकेको स्वीकारोक्ति श्रम मन्त्रालयका कर्मचारीहरूले गरेका छन् । उता म्यानपवार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम सम्झौता गर्दा व्यवसायीको राय नलिएको, कामदारमाथि भार थोपर्दै आएका संस्थाहरूलाई पुनर्जीवन दिएको तथा आफूहरूले प्राप्त गर्ने सेवा शुल्क थोरै भएको भन्दै विरोध गरिरहेका छन् । संघले विगत ७ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन बुधबारसम्मको अल्टिमेटम सरकारलाई दिएको छ । लामो समयदेखि मलेसियाको रोजगारी आवद्ध हुँदा कलिङ भिषा आएर प्रक्रियामा रहेका कामदार अलपत्र परेको भन्दै संघले सम्झौता अनुसार रोजगारी सूचारु गर्न अल्टिमेटम दिएको छ ।

आन्तरिक रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदार पठाउन आम व्यवसायी र अन्य सरोकारवाला संस्था तथा व्यक्तिहरूमा निराशर अन्योलता उत्पन्न गराएकोमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै संघका अध्यक्ष रोहन गुरुङले एक विज्ञप्ति जारी गर्दे अवरुद्ध रोजगारी खुलाउन बुधबार (आज) सम्मको अल्टिमेटम दिएका छन् ।

आन्तरिक रोजगारीको अभावमा विदेसिन बाध्य नेपाली युवालाई सहज र सुरक्षित वैदेशिक रोजगारीमा जाने व्यवस्था गर्नु राज्यको दायित्व हो । निजी क्षेत्रले प्रवद्र्धन गर्दै आएको वैदेशिक रोजगारीलाई कामदारमुखी बनाउने, समयानुकुल नीति नियम परिमार्जन गर्दै कार्यान्वयन गर्ने, म्यानपावर व्यवसायमाथि आवश्यक नियमन र नियन्त्रण गर्ने दायित्व बोकेको सरकारले मलेसिया रोजगारीका सम्बन्धमा लिएको निर्णय आफैंमा अपरिपक्व र हतार भएको विश्लेषण भइरहेको छ । रोजजगारीमाथि प्रतिबन्ध लगाउनुअघि यसभित्रमा वास्तविकता र प्रक्रियागत अन्तरवस्तुमा छलफल गरेर निर्णय गरेको भए आज यस्तो स्थितिको सामना गर्न नपर्ने विज्ञहरू बताउँछन् ।

मलेसिया भन्छ पुरानै प्रक्रियाबाट कामदार पठाउँ भन्दै पत्राचार गरिसकेको स्थिति छ तर श्रम मन्त्रालय खुलाउन तयार छैन । किन ? यो अन्योलताको स्थितिले बाध्यात्मक बनेको नेपाली युवाको वैदेशिक रोजगारीले गति कहिले लेला ? यथाशीघ्र मलेसिया रोजगारी सूचारु गरी समस्यामा परेका युवालाई जान देऊ सरकार !