माधव नेपालले अन्तिममा आएर झाक्रीलाई पनि दिए धोका !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ असोज ।

नेकपा एकीकृत समाजवादीले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई ठूलो झड्का लाग्ने देखिएको छ । नेकपा एसले उनलाई मन्त्री नै नबनाउने षडयन्त्र अघि बढाएको हो ।

अध्यक्ष माधवकुमार नेपालले पार्टी चलाउन फण्ड आवश्यक पर्ने र सो ब्यवस्थापन गर्नेहरुलाई सरकारमा पठाउने योजनासहित रामकुमारीलाई मन्त्रीबाटै बञ्चित गराउने खेल सुरु गरेको नेकपा एकका एक नेताल बताए ।

ती नेताका अनुसार माधवले योजनावद्ध रुपमा रामकुमारीलाई रोक्न बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने निर्णय सुनाउनु भएको छ भने झाँक्रीलाई मन्त्री नै नबनाउने योजना छ । ती नेताले दिएको जानकारीअनुसार माधवले मन्त्रीको नाम टुंगो लागेको भन्दै रामकुमारीलाई उपसभामुखमा थन्क्याउने बताउनु भएको छ ।

स्रोतका अनुसार अध्यक्ष माधवले बिरोध खतिवडा, मेटमणी चौधरी, प्रेम आले, जीवनराम श्रेष्ठलाई मन्त्री र किशान श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णयमा आफू पुगेको जानकारी दिएका छन् । नेकपा एसलाई सहरी विकास, पर्यटन, श्रम र युवा तथा खेलकुद मन्त्रालय दिने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका छन् ।

यता नेकपा एमाले छाडेर पर्यटनमन्त्री बन्ने पक्का भएका प्रेम आलेलाई अन्तिममा धक्का लागेको छ । उनको नाम पर्यटनमन्त्रीबाट हटाइएको हो । पर्यटनमन्त्री बन्ने लगभग पक्का भएकाबेला माधव कुमार नेपालले निर्णय नै उल्ट्याएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजरभोलिभित्रै सरकारलाई पूर्णता दिने भएका छन् । मन्त्रालयको भागबण्डा टुँगो लागेसँगै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने दलका नेताहरुसँग मन्त्रीको नाम मागेका छन् ।

अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी, नेपाल आन्तरिक छलफलमा जुटेका छन् । माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टीले चार वटा मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । अध्यक्ष नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

खतिवडा सहरी विकास मन्त्री बन्ने भएका हुन् । त्यस्तै, रामकुमारी झाँक्रीलाई रक्षा र मेटमणि चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने तयारी भएको छ ।

त्यस्तै, प्रेम आलेलाई उद्योग, विरोध खतिवडालाई सहरी विकास, जीवनराम श्रेष्ठलाई युवा तथा खेकलुद र राज्यमन्त्री किसान श्रेष्ठलाई पठाउने करिब–करिब निश्चित् भएको एक नेताले जनाए ।

उता, सांसद मेटमणि चौधरीले आफूलाई पर्यटन मन्त्रालयको नेतृत्व दिने पार्टीभित्र सहमति भएको प्रतिक्रिया दिए । चौधरीले भने,‘पर्यटन मन्त्रालयमा मलाई पठाउने सहमति भएको छ ।

अध्यक्षज्यूले पनि यही भन्नुभएको छ ।’ यसअघि पर्यटन मन्त्रालयमा प्रेम आलेको नाम चर्चामा थियो । आलेलाई पर्यटनमन्त्री बनाउनको लागि अध्यक्ष नेपाल पनि सकारात्मक भएको समाचार थिए ।