कति खर्च भयो एमाले विधान महाधिवेशनमा ? खर्च सुनेपछि नेताको होसै उड्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ असोज ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहिलोृ विधान महाधिवेशन सम्पन्न भएको छ । यही असोज १५ देखि असोज १७ गतेसम्म चलेको अधिबेशनमा ६ हजारभन्दा बढि प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिनिधिहरुलाई खाजादेखि खानासम्मको राम्रो प्रवन्ध गरिएको थियो । सो महाधिवेशनमा पन्ध्र करोड खर्च भएको छ ।

सनराईज हलमा चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनको जस्तै झल्को दिनेगरी सजाइएको थियो ।

कतिपयले अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनफिङको नक्कल भन्दौ आलोचना गरेका थिए । एमालेको यो विधान महाधिवशेनलाई कतियले कुम्भमेलाको पनि संज्ञा दिएका छन् ।

तर, एमालेको नेतृत्वले भने पार्टीका महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुँदा पार्टीका नीति, सिद्धान्त र विचारमा पर्याप्त छलफल हुन नपाएको भन्दै प्रथम विधान अधिवेशन आयोजना गरेको बताएका छन् ।

ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज अन्तर्राष्ट्र्रिय सम्मेलन केन्द्रमा भइरहेको महाधिवेशनका दृश्य र चहलपहल हेर्दा पन्ध्र करोड भन्दा बढिको खर्च भएको चर्चा भैरहेको छ ।

तर, एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने उक्त विधान महाधिवेशनमा ५ करोडको हाराहारीमा खर्च भएको बताए ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । तामाङले उक्त खर्च पनि पार्टीकै लेबीबाट उठाईएको बताए ।

उनले आफुहरुले विधान महाधिवेशनको लागि उद्योगी व्यवसायीहरुसँग एक रुपैयाँ पनि नलिएको दाबी गरे ।

उक्त अधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।