मलेसियामा कार्यरत नेपाली श्रमिक पुष्पाको ड्युटीकै क्रममा ढलेर मृत्यु ?

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर , १८ असोज ।

मलेसियाको एक प्रतिष्ठित रबर उत्पादक कम्पनी ट्प ग्लोवमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ। नेपाल ठेगाना चितवन जिल्ला निवासी ३३ बर्षिय नेपाली पुरुष श्रमिक पुष्पा तामाङको गएराती मलेसियाको केलाङ मेरुमा अवस्थित ट्प ग्लोव कम्पनी नम्बर.२२ मा कम्पनीभित्रै ड्युटीमै कार्यरत रहेको बेलामानै मृत्यु भएको मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभएको छ।

अधिकृत बुढाका अनुसार श्रमिक तामाङ बिगत कैयौं बर्षदेखि टप ग्लोव कम्पनीमा आवद्ध रहि वैधानिक हैसियतमै रहेर काम गर्दै आईरहनु भएको थियो, तर गयराती कम्पनीमा कार्यरत रहेकै बेला अच्चानक मुर्छा परेर लडेको कम्पनीकै सहकर्मीहरुले चेकजाँच गर्दा मृत्यु भैइसकेको पाइएको जानकारी कम्पनी स्रोतले दिइएको अधिकृत बुढाले मलाया खबरलाई बताउनुभयो।

श्रमिक पुष्पा तामाङको मृत्यु हृदयघात (हर्ट अट्याक) ले भएको हुनसक्ने अनुमान गरिएको भएतापनी पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले अहिलेनै तत्काल केहि भन्न नसकिने बुढाले बताउनुभयो।

हाल मृतक तामाङको शव पोष्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ। तामाङ पहिले अर्कै कम्पनीमा कार्यरत रहेको र पछि भागेर नयाँ पासपोर्ट बनाएर मलेसिया सरकारले बेला बेला अवैधानिकलाई वैधानिक बन्ने मौका दिईरहने भएकोले रिहाईरिङ कार्यक्रमको सदुपयोग गरेर वैधानिक बनि टप ग्लोवमा आवद्ध भैइ कार्यरत रहि आएको बुझिएको छ।