खप्तडमा पल-गरिमाको नृत्य, म्युजिक भिडियो सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशस्थित पर्यटकीय क्षेत्र खप्तडमा छायाँकन भएको म्युजिक भिडियाे सार्वजिनक भएकाे छ ।

‘जीवन फूल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ’ म्युजिक भिडियोमा पल शाह र गरिमा शर्मा छमछमी नाचेका छन् । एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएकाे छ ।

राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ ।

सो गीतमा गिरी र डा. त्रिशला गुरुङको स्वर छ । गीतको शव्द र संगीत पनि गिरीकै हाे भने म्युजिक भिडियोको छायाँकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन् ।

भर्जिनल्याण्डकारुपमा रहेको खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समेत सो क्षेत्रमा छायाँकन गरिएको गायक गिरीको भनाइ छ ।

१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायाँकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहेका गायक गिरीले बताए ।

३१०० देखि ३५०० मिटरसम्मको उचाइँमा रहेको खप्तड प्राकृतिकरुपमा रमणीय छ । सँधै आनन्ददायी मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रका रुपमा पनि परिचित छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि हाे । खप्तड बाजुरा, वझाङ, डोटी र अछाम गरेर चार जिल्लामा पर्छ ।

भिडियो लिंक :