सार्वजनिक मंचबाटै प्रचण्डले किन गरे सुसाइट गर्ने कुरा ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ असोज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब आफु सँग सुसाइट गर्ने या लड्ने मात्रै विकल्प बाँकी रहेको बताएका छन् ।

काठमाडौँमा जारी अखिल क्रान्तिकारीको सम्मलेनलाई सम्बोधन गर्दै प्रचण्डले अब आफु सँग कि त सुसाइट गर्नु पर्ने कि त मुक्तीका लागी फेरी एक पल्ट लड्नु पर्ने अवस्था आइएको बताएका छन् ।

निकै भावुक सम्बोधन गरेका प्रचण्डले आत्मसमर्पण गर्न आफुलाई मन्जुर नभएको पनि बताएका छन् । हजारौ सहिद र घाइते योद्धाहरुको ऋण आफ्नो टाउको माथी रहेकाले फेरी पनि लड्नेनै निधो आफुले गरको बताए ।

केपी ओलीले गरेको संसद विघठन विरुद्ध लड्दा पनि आफुले धेरै ठूलो जोखिम उठाएको भन्दै प्रचण्डले त्यस बेला ओलीले जे ल हाल्न सक्ने सम्भावना देख्दा देख्दै पनि आफु लडेको बताए । सत्ता छोडेर सडकमा आएको दिन आफुलाई एकदमै आनन्द आएको पनि उनले स्मरण गरे ।

पौष ५ गते पछि माओवादीलेनै लाखौँ मानिस सडकमा उतारेको भन्दै उनले त्यस बेला अरुले पनि विज्ञप्ती जारी गरेर विरोध गरे पनि लाखौँ मान्छेनै सडकमा त आफुलेनै उतारेको दावी गरे । अरु त पछि मिसीएको मात्रै प्रचण्डको आरोप छ ।

फेरी एकपटक पुर्ण समानुपातिक निर्वाचन प्रणालीका लागी लड्नु पर्ने भन्दै प्रचण्डले त्यसमा पनि विजयी भन्ने ठोकुवा गरे । अहिलको निर्वाचन प्रणालीलाई दलाल नोकर शाह हरुको निर्वाचन प्रणाली भन्दै प्रचण्डले एक पटक पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागी आन्दोलननै गर्नु पर्ने बताए ।