अखिल क्रान्तिकारीको सम्मेलन आजबाट, प्रचण्डले उद्घाटन गर्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ असोज ।

सत्तासीन नेकपा (माओवादी) केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन आज बिहीबार काठमाडौं सुरु हुँदैछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको अखिलका उपाध्यक्ष तिलक भण्डारीले बताए ।बिहीबार उद्घाटन भएपछि शुक्रबार र शनिबार बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने छ ।

क्रान्तिकारीको अध्यक्षमा तिलक भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी र विजय गौतमले आकांक्षा देखाएका छन् ।

माओवादी केन्द्रमा एक ब्यक्ति एक पद हुने : कसको पद धरापमा पर्दै ?

नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन्। बुधवार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आंकलन गरेको नेता गणेश साहले जानकारी दिए।

‘स्थानीय, प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आंकलन गरिएको छ,’ साहको भनाइ छ। यसैगरी बैठकले एकै व्यक्ति दुई वटा कमिटीमा बस्न नपाउने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरू प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिका स्तरीय कमिटीमा बस्न नपाउने भएका छन्। माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।’ माओवादीमा लागू हुने यो नियमले धेरैलाइ प्रभावित गर्ने देखिएको छ ।