माओवादी केन्द्रमा एक ब्यक्ति एक पद हुने : कसको पद धरापमा पर्दै ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ असोज ।

नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन्। बुधवार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आंकलन गरेको नेता गणेश साहले जानकारी दिए।

‘स्थानीय, प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आंकलन गरिएको छ,’ साहको भनाइ छ। यसैगरी बैठकले एकै व्यक्ति दुई वटा कमिटीमा बस्न नपाउने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरू प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिका स्तरीय कमिटीमा बस्न नपाउने भएका छन्। माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।’ माओवादीमा लागू हुने यो नियमले धेरैलाइ प्रभावित गर्ने देखिएको छ ।

बिरामी माधव नेपाल भर्खरै हस्पिटलाइज्ड, कस्तो छ अवस्था ?

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।

उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको नेपालको सचिवालयले जनाएको छ ।

नेता नेपालको निजी सचिवालयका अनुसार अस्पतालमा भेटघाट पूर्णरुपमा बन्द गरिएको छ । सचिवालयले सूचना जारी गर्दै भनेको छ,

‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध छ ।