आज असोज १४ गते बिहिबार निकै राम्रो छ यी ८ राशिको भाग्य, भेटी स्वरुप एक सेयर गर्नुहोस

हाम्रो सन्देश संवाददाता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला । चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेम प्रसङ्ग अघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । गरी आएका काम र व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । कृषि चौपायाबाट लाभ मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सोचेको समयमा काम सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसंग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । आश मारेको कामले उत्साह जगाउनेछ । महत्वाकांक्षी योजना फलीभूत होलान् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।