प्रधानमन्त्रीका ज्योतिषले गरिदिए फेरि यस्तो भविष्यवाणी, सबै चकित, देउवा तनावमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी सुरेश चन्द्र रिजाल पछिल्लो समय निकै व्यस्त ज्योतिषी हुन्। देउवाबारे धेरै भविष्यवाणी मिलाएर चर्चा कमाएका उनी कहाँ चर्चित राजनीतिज्ञसँगै व्यापारीहरु पनि धाउने गर्दछन्।
सामाजिक संजालमा उनले आफ्नो भविष्यवाणीहरु राखिरहेका हुन्छन्। नेपालमा ज्योतिष विज्ञानका सेलिब्रिटी भइसकेका उनले पछिल्लो समय सेयर बजारबारे पनि भविष्यवाणी गरेका छन्।

उनले असोज ७ गतेदेखि १४ गतेसम्म तल उल्लेखित राशि भएकाहरुले धेरै धन कमाउने बताएका छन्। पढौं उनै सुरेश चन्द्र रिजालको रोचक भविष्यवाणी उनकै शब्दमाः

‘धन अर्थात् लक्ष्मी प्राप्तिका लागि ७ दिन यी उल्लेखित राशिमा जन्मिएका व्यक्तिहरुका लागि विशेष धनलक्ष्मी प्राप्तिको योग बनेको छ। १६ दिनको महालक्ष्मी व्रत पनि यसैसाता सकिँदै छ। केही राशिमा जन्मिएका मानिसहरुले भने यो साता धेरै संघर्षपछि पनि थोरौमात्रै लक्ष्मी प्राप्तिको संयोग जुर्नेछ।

कर्कट, कन्या तथा मीन राशिमा जन्मिएका मानिसहरुले यो साता आफ्नो निर्णयमा गरिएको लगानीबाट विशेष धन कमाउने योग निर्माण भएको छ। अतः आफ्नो ईच्छा अनुसार गरिएको लगानीबाट उनीहरुलाई लाभ मिल्ने छ।

मेष, मिथुन, तुला तथा धनु राशिमा जन्मिएका मानिसहरुले अरुको सल्लाह अनुसार गरिएको लगानीबाट नोक्सानीको सामना गर्नुपर्ने योग रहेको छ। यी चार राशिमा जन्मिएका मानिसहरूले यो साता अरुको सल्लाहअनुसार कारोबार नगर्दा नै फाईदा हुने देखिन्छ।

सिंह, मकर तथा कुम्भ राशिमा जन्मिएका मानिसहरुले यदि यो साता हिम्मत गरेर लगानी गरेमा सोचेभन्दा दुईगुना फाईदाको योग रहेको छ। तर सबै कारोबार यी राशिका मानिसले गोप्यरुपमा राख्नु पर्नेछ। बृष तथा बृश्चिक राशि हुनेहरुका लागि भने यो साता दोधार दोधारमा नै समय खेरजाने योग रहेको देखिन्छ।’

यस्तै साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ । आइतबार बिहान बजार खुलेपछि हरियाली देखिएको बजार केही समयपछि राताम्मे हुन थालेको थियो । दिउँसो ३ बजे कारोबार बन्द हुँदा बजार मापक परिसूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ को बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ को बिन्दुमा पुगेको छ । आइतबार २३३ कम्पनीका १,४४,९४,२६० कित्ता शेयर किनबेच भएको छ । यसदिन ६,५०,०१,१७,७८० रुपैयाँको कारोबार भएको छ ।

आइतबार १२ उपसमूहमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूहमा ५.८९ प्रतिशत गिराटवट आएको छ । यस्तै हाइड्रो समूह पनि ४.३ प्रतिशतले घटेको छ । म्युचुअल फण्डमा भने ०.२१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो ।

नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १ हजार ६ सय (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा १ हजार ८ सय ३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुन नसकेको सङ्ख्या घटाउँदा कायम भएका उम्मेदवारमध्ये अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो ।

लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित परीक्षामा ६ हजार ३ सय १७ सहभागीमध्ये २ हजार ३९ जना लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकोमा त्यस बीचमा छुटेका व्यक्तिलाई अन्तर्वार्ता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार १ हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ।