आज असोज १२ गते मंगलबार निकै राम्रो छ यी ५ राशिको भाग्य, भेटी स्वरुप एक सेयर गर्नुहोस

हाम्रो सन्देश संवाददाता

मैषः समय उत्तम रहेकोले परिश्रमको फल समय मै प्राप्त हुनेछ । काम सही गतिमा अघि बढ्नाले उपलब्धीहरु थपिन सक्छन् । भौतिक सम्पति तथा सवारी साधनले सहजता प्रदान गर्नेछ । आफन्त तथा दिदि बहिनीहरुको सहयोगले नयाँ गन्तब्यको सिर्जना हुनेछ । ऋण, रोग तथा संकटको अवसान भएर जाने समय छ । प्रयन्त गर्दा नसोचेको धन तथा सम्पति प्राप्त हुने ग्रहयोग रहेकोछ ।

वृषः व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यावसायबाट मनग्गे धन आर्जन हुनेछ । व्यापारकै शिलशिलामा यात्राको तय हुनेछ । भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । माया प्रेम सुमधुर भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेकोछ ।

मिथुनः सत्रुमाथि वीजय गर्न सकिनेछ तथा आट, शाहस, हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग अवस्था सुधार हुनेछ । पछीसम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेममा रमाउने योग हुनेछ ।

कर्कटः सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।

सिंहः आफन्तहरु नजिकिनेछन् भने आमाको सुझावले गरिने कामले नयाँ उपलब्धि दिनेछ । सवारी साधन चलाउदा तथा जग्गा बारे काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । अन्य व्यावसाय मध्ययम रहेपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कन्याः आफ्नो मेहनेतले व्यावसायमा फड्को मा र्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकी सँगको अवस्था सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा गर्न सकिनेछ ।

तुलाः रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ ।

वृश्चिकः व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् । यात्रा कष्टकर हुन सक्छ ध्यान दिनुहोला ।

धनुः खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछी परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

मकरः पैत्रिक धन तथा सम्पती को प्रयाग तथा परिचालन मार्फत मनग्गे धन सम्पती जोड्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रमा लगानी हुनेहरुका लागी कारोबारमा सुधार हुनेछ । बिद्यार्थीहरुका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेकोछ । पढाइ लेखाइमा भनजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भः आफुलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

मीनः बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दा म्प त्य सुख, प्रेम तथा पारिवारिक अवस्था सुमधुर हुनेछ ।