मलेसियामा कोभिड संक्रमण कारण दुई नेपालिले ज्यान गुमाए !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, ९ असोज ।

मलेशिया कोभिड-१९ संक्रमणको कारण यो हप्ता दुई नेपालिले ज्यान गुमाएका छ। भानु-३ खहरे तनहुँका बिष्णु गुरुङको उपचारकै क्रममा जोहोर बाहरुको अमिना अस्पतालमा सनिवार मृत्यु भएको छ।

बिष्णु रोजगारीका लागि मलेशियाको जोहोरबाहरुमा ४ बर्ष अगाडि म्याक सेक्युरिटी कन्सल्टेन्ट एसडीएन.बिएचडी सुरक्षागार्ड कम्पनीमा मलेसिया आएका थिए।

त्यसैगरी गत बिहिवार पनि मलेशियाको पेनाङ क्षेत्रमा ८ बर्ष अघि जिछिङ हार्डवर एसडिएन.बिएचडी कम्पनीमा रोजगारीका लागि आएका एक नेपालिको कोरोना भाइरस सक्रमणको कारण निधन भएको छ।

दोर्दी गाउपालिका-५ लम्जुङ निबासी सुर्य बहादुर गुरुङको कोभिड-१९ संक्रमण पछि उपचारकै क्रममा बि.एम अस्पतालमा मृत्यु भएको दिल त्वार गुरुङले जानकारी दिए।

६ नेपाली श्रमिक मलेशिया बाट उद्धार !

रोजगारीको सिलसिलमा करिब ४ बर्ष अघि सुरक्षागार्डको काममा मलेशिया आएका ६ जना नेपाली श्रमिकहरुको सनिवार गैर आवासीय नेपाली संघ मलेशियाको पहलमा उद्धार गरि नेपाल फर्काईएको छ।

वोर्ल्ड इन्टरनेसनल प्राइभेट लिमिटेड र प्रेसाइज इन्टरनेसनल प्राईभेट लिमिटेड मार्फत ब्लु फोर्स सेक्युरिटी सर्भिसेस एसडिएन.बिएचडी कम्पनीमा सन २०१७ मा मलेशिया आईपुगेका उनिहरु लाई कम्पनिले काम मात्र लगाएको र तलब नदिएको बताएका छन।

कम्पनिले तीन बर्ष सम्म तलब भुक्तानी गर्दै आएपनि पछिल्लो १ बर्षको तलब तथा सेवा सुबिधा नपाएपछि उनिहरुले आफू लाई पठाउने म्यानपावर कम्पनी लाई पटकपटक भनसुन गर्दा सम्म वास्ता नगरेको बताए।

यसरी बिदेशको ठाउमा बलब बिना बस्नुपर्दाको पिडाहरुको दर्जनौं चाङ्ग भएको गुनासो समेत पोखे। आफ्ना समस्याहरु दर्जनौंपटक म्यानपावर लाई सुनाउदा पनि केही सीप नलागेपछि अन्ततः उद्धार गरिदिन गैर आवासीय नेपाली संघ मलेशियाको सरणमा पुगेका थिए।

भने पीडितहरुले दिएको निवेदनको आधारमा गैर आवासीय नेपाली संघको अनुरोध र नेपाली राजदुतावास मलेसियाको विशेष पहलमा उनिहरुको उद्धार गरि स्वदेश फर्काइएको छ।

नेपाल फर्काउन यातायात खर्च, हवाई टिकट, पिसि आर टेस्ट लगायतको सम्पुर्ण खर्च गैर आवासीय नेपाली संघ मलेसियाले ब्यावस्थापन गरेको जानकारी संघकै स्वयंसेवक गोबिन्द घर्ती मगरले संदेश प्रवाह अनलाइन लाई जानकारी दिए।