मलेशियामा नेपालीहरु असुरक्षित हुनुको यी हुन् प्रमुख ३ कारण

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

बैदेशिक रोजगारीको लागी नेपाली युवायुवतीहरु को गन्तब्यको प्रमुख देश मलेशिया हो । सरदर नेपाली कामदारहरु ५ लाख हाराहरीमा रहेका छन् । धेरैजसो कम्पनीमै कार्यरत छन भने कम्पनीहरु पनि धेरैजसो चाईनिज कम्पनीहरु रहेका छन अर्थात चाईनिज मलेशियनहरु बाट सञ्चालित छन् ।

बिगत लामो समयदेखीनै मलेशिया देशमा रहेका श्रमिकहरुको हरेक कुराहरुलाई जोडेर नकरात्मक रुपले टिप्पणी पनि गरिदै आईएको थियो भने हरेक समस्याहरु देखी नेपालीले ज्याननै गुमाएको घटनाहरु पनि प्रसस्त छदैनैछन् । यसै बिषयमा मलेशियामा नेपाली श्रमिक किन कसरी के कारणले असुरक्षित छन..? थोरै टिप्पणी गराै ।

कारण

आफ्नैलापरबाही
सम्भवत मलेशिया देशमा यहाका स्थानिय नागरिक गैरनागरिक सबैलाई स्वतन्त्रता नै हुनेगर्दछ सकेसम्म र भयसम्म आफ्नो खुसीमा हिडडुल खानपिन देखी मनोरन्जनमा पनि कहि कतै रोकछेक हुन्न । धेरैजसो यहांका नेपाली कामदारहरुबाट संञ्चालित कम्पनीहरु यहांको सरकारी बिदा र प्रत्यक आइतबार बिदानै दिईने गरिन्छ ।

यसै हप्ताको एक दिन पाईने छुट्टीमा नेपालीहरुको लापरबाही क्रियाकलाप हेर्न मलेशियाको सायदै जुनै पनि क्षेत्रमा रहेका अधिकांश नेपाली होस्टेलहरुमा मज्जाले रमिता देख्न पाइन्छ । प्रमुख त यहां को लापरवाहिमा देखिने मदिरा सेवन हो ।

जुन प्रत्यक आईतबारको छुट्टी मनाउदै शनिबार बेलुकिदेखी कै जात्रा सुरुहुने गर्दछ । अनि आफ्नै साथीभाई संगै बसेर खादैपिउदैनै बिबादहरु उत्पन्न भई झगडादेखी दुस्मनी सम्म हुने गर्दछ भने मदिरा सेवन गरेर रातारात सडक गल्ली पेटीहरुमा निर्धक्कताका साथ हिडडुल गर्नु पनि आफ्नो ज्यान असुरक्षितको खतरा संकेत हो ।

यसरी होस्टेलदेखी टाढा टाढा पुगेर साथीभाई संग रमाईलो गरी भेटघाट गर्ने मुख्य बिन्दु नेपाली रेस्टुरेन्ट बन्ने गर्छ, जहां धेरैजसो नेपालीहरुले मदिरा सेवन नै मात्र गर्ने गर्दछन भने आफुलाई बेहोसी भएको महसुस नभयसम्म उनले खल्ती रित्तियको भुलेर साथको मोबाईल सम्मपनि बुझायर हिड्ने अनि होस्टेल फर्कदा सम्मको अबस्थामा असुरक्षित हुने नै गर्दछन् ।

त्यसबेला कतै परिचित अपरिचित नेपाली गैरनेपाली हरुसंग लफडा नि गर्ने गर्दछन त जो पायो त्यै तरुनीहरुलाइ जिस्काउन सम्म पछि पर्दैनन् । अर्को लापरबाहि हो प्रेमि प्रेमिका डार्लिङ (सायाङ) बनाउनु हो ।

मलेशियाको अधिकांश कम्पनीहरुमा बंगाली भियतनाम युवाहरु केहि संख्यामा भयपनि नेपाली युवाहरुकै जनमाहोल रहेको हुन्छ भने कतिपय कम्पनीहरुमा नेपाली/इन्डोनेशिया/भियतनाम/म्यानमार का युवतीहरु पनि कार्यरत हुन्छन् । दैनिकी संगै काम गर्दा नजिकहुने अन्य बहानानै हुनुपरेन त्यहिबाट सुरुहुन्छ क्षणिक बिदेश बसाईभरको लागी प्रेम सम्बन्धहरु भने यसै प्रेमी प्रेमिका को कारण पनि बिबाद र दुस्मनी सिर्जना हुनजान्छ जस्को सिकार धेरैजसो नेपालीनै बन्ने गर्दछन् ।

‪सम्बन्धित कम्पनीको असुरक्षित अव्यवस्थित व्यवस्था

धेरैजसो कम्पनीहरुको कम्पनी वरिपरी भनाै या कम्पनीले कामदारको लागी तोकियको होस्टेलको निश्चित सिमा प्रायजसो एकदुई जनाको संख्यामा हिडडुल गर्न नै असहज हुने गर्दछ । यो सम्बधित कम्पनीको सुरक्षा कमजोर हो ।

कतिपय कम्पनी र होस्टेल को दुरी पैदल ७/८ मिनेटको हुनेगर्दछ आवत जावतको क्रममा नै कतिपय नेपाली श्रमिकहरु लुटिने कुटिने घटनाहरु प्रसस्त नै छन भने कतिपय पुरुष होस्टेलमा हतियारधारी समुहहरु खुलेआम हतियार देखायर दिउसै होसेटेल छिरेर दुख दिने गर्दछन ।

यस्तो अवस्थामा चै कम्पनी सुरक्षा सुबिधा को अबस्था कम्जोर नै हो । यस्तै होस्टेल भित्रको अब्यबस्थित वातावरण पनि उतिकै दयानिय हुने गर्दछ ।

सानो कोठा घचुरो पलङहरु ८/१० जनाको बाक्लो बसाई खानेपानी टोईलेट बाथरुमको समस्यादेखी हरेक समस्याहरु त्यहि होस्टेल भित्रकै परिसरमा सिमित हुन्छ फलत:- सुुतेको अवस्थामै मृत्यु हुने कारणहरु पनि यस्तै नै हुने गर्दछ, भनेजस्तो सेवा सुबिधा तोकियजति तलब नभएपछि धेरै युवाहरु अबैधानिक बन्न बाध्य हुन्छन ।

यो बाध्यतानै हो भने समस्यामाथी झन जानी जानी समस्या थपिनुको बिबसता पनि हो । यसले झनै प्रबास बसाईलाई असुरक्षित बनाएको हुन्छ ।

यति हुदाहुदै पनि सम्बन्धित कम्पनीले बेवास्ता गर्नु भनेको आम प्रबासी श्रमिकमाथीको अत्याचार र अन्याय नै हो हामी नेपालीहरु जस्को सुनुवाई जस्को उजुरी गर्ने आफ्नै आवाज आफ्नै मुखहरु हुन भने सुनिदिने आफ्नै कानमात्रै नै हुन । न त यो समस्याहरुमा केहि सुधार भयको छ न त नेपालीहरुको संख्या मलेशियामा घटेको नै छ । तर बिगतको अनुपातमा भने २०१५ मा धेरै संख्यामा नेपालीहरुको संख्या ओरालिदो नै छ यसलाई हामीले राम्रै ठान्नु पर्दछ…

‪‎स्थानीय सरकारी सुरक्षाकाे कमजोरी

सरकारी सुरक्षा ब्याबस्था भन्न साथ हामी त्यस ठाउको प्रहरी प्रसासन भनेर बुझ्दछाै । तर अन्य देशमा भन्दा मलेशियाको प्रहरी प्रशासन भने केहि पृथक लाग्दछ ।

माथिल्लो स्तर निकायमा सहिनै होला तर यहां नेपालीहरुले प्रहरी प्रसासनबाट भोग्नुपरेको कहानी अलग्गै नै छ । मलेशिया मा धेरै चोरी डकैती लुटपाट हुने कुरा त सर्बबिद्धित नै छ तर सुन्न र भोग्नमा धेरै फरक नै छ कहिकतै लुटेराले लुट्दा प्रतिकार गर्नु भनेको आफ्नो अन्त्य हुनु नै हो,भने केहि जमातमा हिडडुल गर्दा सडकको पेटितिर का हुलहरुलाई सडकमा हिडिरहेको मोटरसाईकलमा सवार गुण्डाहरुको एक्कासी प्रहारहरुबाट शक्त घाईते बनाउँदछन ।

न त कुनै रिसईबी न त कुनै लेनदेन साच्चैनै मानबिय संबेदना नभयकै मानिसहरु भयको देश हो भन्ने यथार्थमा वास्तबिक पुष्टी हुन्छ ।सपिङ मार्केट आसपास होस या कुनै चोक गल्लिको निसाना लगायर बसेका प्रहरीहरुबाट सुरक्षा पाउने त कुरै छाडाै उल्टै फस्नु र लुटिनु मात्र हो ।

यहांँका धेरैजसो कम्पनीले कामदारको हातमा पासपोट दिएको हुदैन किनकी साथमा पासपोट भय अन्तै भागेर काम गर्ने र.समयअवधी भर आफ्नो कम्पनिमा काम नगर्दिने भय। स्वर्थपुर्ण नियमहरु लगायर नेपालीहरुलाई अप्ठ्यारोको वातावरण सिर्जना गरिदिन्छन् ।

अनि पासपोट नभयकै बिषयमा प्रहरीले हरेक कुरामा झुल्याउदै अन्तत साथमा भयको केहि पैसा पायर छाडिदिन्छन । प्रहरीहरु आफै यस्तो धन्दामा लिप्त हुन्छन त कुनै चोरी गुण्डाहरुबाट कसरी कस्ले नेपालीलाई सुरक्षा दिन्छ..?
गएको २ साल अघि देखी मलेशिया सरकारले बिदेशी कामदारले साथमै पासपोट राख्न पाउने नियम लागु गरेतापनि धेरैजसो कम्पनीमा यो नियम लागु हुन सकेन कारण प्रष्ट छ यहाँ धेरै यस्तै शोषकबादी कम्पनीहरु छन् । त्यसो त मलेशियामा रहेका बिभिन्न मजदुरहरुको हक हित समस्या उद्धारको निम्ती भनिएका संघसंस्थाहरु अनगिन्ती नै होलान् केहि २/४ वटाको चै नाम मात्रै अग्रपंतिमा आउने गर्छ अनि कार्यक्रमको हलमा भाषणमै सिमित छन कार्यन्वन त ठप्पै नै छ ।

या त कहि कतै गरेको सहयोग पहल उद्धारहरु बिरल नै होलान । सम्पुर्ण मजदुरहरुको जिम्मेवारी का लागी रहेको दुताबास भने आश्वसन पाईने कक्ष बनेको छ । यात त्यो एक आपतकालिन एजेन्सी हो जसबाट केहि मोटो रकम तिर्न सके असुरक्षित र समस्यामा परेका नेपालीले नेपाल जाने सम्म पहल चै गरिदिने गर्दछन ।

‎अन्तमा

जति पनि मलेशियामा रहनुभएका नेपालीहरु आफु सुरक्षित सम्यमित का साथ दिनचार्य बिताउनुस भरसक चाडै नेपाल फर्कने पहल गराै ।बिगत केहि बर्ष अघि बंगलादेश ईन्डोनेशिया भियतनाम म्यानमार फिलिपिन्स क्याम्बोडियाका समेत श्रमिकको घुईचो हुने मलेशिया यस्तै समस्याका कारण उक्त देशका श्रमिकहरुको संख्या हाल फाट्टफुट्टमा मात्र पाईने गरिन्छ ।

नेपालबाट बिना लगानी मलेशिया आउने सोचमा रहनुहुनेहरु यहांको समयावधी भरी समयको बर्बादीमा बिदेशको ठुला अग्ला घरहरु बेलामाैकामा हेर्न पाईने प्रगति र उपलब्धी भन्दा अरु केहि छैन । होलान केहि कम्पनीहरु जापनिज कोरियन जस्मा तलब सेवा सुबिधा राम्रै होलान तर समग्रमा मलेशिया श्रम रोजगारीको लागी कुनै सुन्दर सपनाको भबिष्य बन्ने देश हैन ।

आँसु रगत पसिना बगाउदै सहनुपर्ने प्रबासको हरेक दास्तादेखी लाश हुनुपर्ने बिभत्स छ,यो वास्तबिकता थाह हुदाहुदै ज्यान जोखिममा राख्नु हाम्रो बिबसता कम्जोरी भन्दा पनि कुबुद्धी र मुर्खता हो ।