गैर आवासीय नेपाली संघ द्वारा ६ नेपाली श्रमिक मलेशिया बाट उद्धार !

हाम्रो सन्देश संवाददाता

अर्जुन लिम्बू/क्वालालम्पुर, ९ असोज ।

रोजगारीको सिलसिलमा करिब ४ बर्ष अघि सुरक्षागार्डको काममा मलेशिया आएका ६ जना नेपाली श्रमिकहरुको सनिवार गैर आवासीय नेपाली संघ मलेशियाको पहलमा उद्धार गरि नेपाल फर्काईएको छ।

वोर्ल्ड इन्टरनेसनल प्राइभेट लिमिटेड र प्रेसाइज इन्टरनेसनल प्राईभेट लिमिटेड मार्फत ब्लु फोर्स सेक्युरिटी सर्भिसेस एसडिएन.बिएचडी कम्पनीमा सन २०१७ मा मलेशिया आईपुगेका उनिहरु लाई कम्पनिले काम मात्र लगाएको र तलब नदिएको बताएका छन।

कम्पनिले तीन बर्ष सम्म तलब भुक्तानी गर्दै आएपनि पछिल्लो १ बर्षको तलब तथा सेवा सुबिधा नपाएपछि उनिहरुले आफू लाई पठाउने म्यानपावर कम्पनी लाई पटकपटक भनसुन गर्दा सम्म वास्ता नगरेको बताए।

यसरी बिदेशको ठाउमा बलब बिना बस्नुपर्दाको पिडाहरुको दर्जनौं चाङ्ग भएको गुनासो समेत पोखे। आफ्ना समस्याहरु दर्जनौंपटक म्यानपावर लाई सुनाउदा पनि केही सीप नलागेपछि अन्ततः उद्धार गरिदिन गैर आवासीय नेपाली संघ मलेशियाको सरणमा पुगेका थिए।

भने पीडितहरुले दिएको निवेदनको आधारमा गैर आवासीय नेपाली संघको अनुरोध र नेपाली राजदुतावास मलेसियाको विशेष पहलमा उनिहरुको उद्धार गरि स्वदेश फर्काइएको छ।

नेपाल फर्काउन यातायात खर्च, हवाई टिकट, पिसि आर टेस्ट लगायतको सम्पुर्ण खर्च गैर आवासीय नेपाली संघ मलेसियाले ब्यावस्थापन गरेको जानकारी संघकै स्वयंसेवक गोबिन्द घर्ती मगरले संदेश प्रवाह अनलाइन लाई जानकारी दिए।