श्वेता खड्काले बल्ल पाइन् न्याय, को हुन् पक्राउ परेका ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चर्चित नायिका श्वेता खड्कालाई न्याय मिलेको छ । उनको पैसा फिर्ता नगर्ने व्यवसायी पक्राउ परेका हुन् । नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी पक्राउ परेका छन।

प्रहरीका अनुसार नायिका खड्कासँग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगर्ने जग्गा कारोबारी चितवनका काजी गुरुङलाई नियन्त्रणमा लिइएको छ। गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। पैसा नपाएपछि नायिका खड्काले प्रहरीमा चेक बाउन्सको मुद्धा हालेकी थिइन्।

श्वेताको उजुरीसँगै काठमाडौं प्रहरी परिसरको टोलीले गुरुङलाई पक्राउ गरेको छ। एक हप्ताअघि पक्राउ गरेर उनीमाथि अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ।

श्वेता खड्का निकै सकारात्मक सोच भएकी अभिनेत्रीको रुपमा चिनिन्छन् । सानो उमेरमा ठूलो चोट भोगेकी अभिनेत्री श्वेता खड्का नारीलाई परिभाषित यसरी गर्छिन्ः ‘महिला धर्ती हो । तर, मुटु उनीहरुकै कमजोर हुन्छ । तर, सहने शक्ति उनीहरुमै बढी हुन्छ ।’

यो परिभाषा एउटी नारी, एउटी अभिनेत्री, एउटी व्यवसायी, एउटी महिलाले दिँदैछे । श्वेता खड्काले आफूलाई एक उदाहरणीय नायिकाको रुपमा चिनाउदैं आएकी छन् ।