श्रीमतीलाइ बिचल्ली बनाएका निर्मल मलेशिया को जे’लमा फेला परे ?

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर ।

मलेसियामा मेचिनगर-३ झापाका निर्मल पोख्रेल सम्पर्क बिहिन भएको खबर सार्बजनिक भएपछि उनको अवस्था बारे जानकारी प्राप्त भएको छ।

केहिदिन अघि संदेश प्रवाह अनलाइनले प्रकाशीत गरेको खबर पछि अन्ततः निर्मल पोख्रेल मलेशियाको जेलमा रहेको पुष्टि भएको छ।सुरक्षागार्डमा अवैधानिक हैसियतमा कार्यरत निर्मल पोख्रेल मलेशियन अध्यागमनको छापामा पर्दा उनी सहित अन्य ७ जना पक्राउ परेको जानकारी प्राप्त भएको छ।

पोख्रेल संगै एउटै कम्पनिमा कार्यरत मोहन लिम्बुका अनुसार डे शिफ्टको ड्युटी खटिएकै बेला निर्मल पोख्रेल लगायत ७ जना सुरक्षागार्डको एक स्थानिय नागरिक सङ सवारी पार्किङको बिषयमा बिवाद भएपछि, तिनै नागरिकले प्रहरी लाई खबर गरेका थिए।

भने त्यसको केही घन्टा भित्रै अध्यागमनले घेरा हालेर उनिहरु लाई पक्राउ गरिएको थियो।

ईलिगललाई मलेसिया सरकारले मौका दियो, मलेसियामा वैधानिक रुपमा रहन दूतावासको आग्रह, !

त्यसको लागि एक सय ६० मलेसियन रिंगिट राजस्व तिरेर दूतावासमा आइ ट्राभल डकुमेण्ट बनाउनुपर्छ । ट्राभल डकुमेण्ट दूतावासले दुई दिनमा उपलब्ध गराउँछ ।

त्यसपछि ट्राभल डकुमेण्ट, टिकेट र ७२ घण्टाको पीसीआरको नेगेटिभ रिपोर्ट लिएर केएलआईए काउण्टरबाट चेकआउट मेमो लिएर नेपाल फर्किन सकिन्छ । पीसीआर रिपोर्ट पोजेटिभ भएको खण्डमा नेपाल फर्किन नपाइने पनि दूतावासले प्रष्ट पारेको छ ।

यस्तै मलेसिया सरकारले नेपाल लगायत दक्षिण एसियाली पाँच देशलाई खुल्ला गरेको छ । तर वैदेशिक रोजगारीको लागि अथवा नेपालबाट मलेसियामा श्रमिक लैजनाको लागि खुला नगरेको पनि दूतावासले प्रष्ट पारेको छ ।

दूतावासले आफ्नो साप्ताहिक फेसबुक लाइभमा यस विषयमा प्रष्ट पारेको हो । भिसा पर्याप्त अवधिसम्मको लागि भएमा नेपाल जान सकिने र नेपालबाट पुनः मलेसिया जानुपर्ने भएमा मलेसियाको इमिग्रेशनबाट एप्रुभल लिनुपर्ने जनाएको छ । इमिग्रेशनबाट एप्रुभल लिएमा मात्र मलेसिया फर्किन पाइने र नलिएमा फर्किन नपाइने पनि दूतावासले जनाएको छ ।