प्रचण्ड र बादलको कुरा मिल्यो, केपी ओली तनावमा !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ असोज ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाको एमसीसीबारे समान धारणा बनेको छ ।

केही दिन अघि मात्रै प्रचण्डले एमसीसी परिमार्जन गरेर पारित गरिनुपर्ने बताएका थिए । शुक्रबार बादलले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका हुन् ।

जनमत हेरेर एमसीसीबारे निर्णय लिने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली बादलको आजको अभिव्यक्तीपछि झस्किएका हुन् । बादलले परिमार्जन गरेर एमसीसी पारित गर्नुपर्ने धारणा राखेका छन् ।

प्रेस चौतारीले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए ।

“स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए ।