बादलले दिएको अभिव्यक्तीले एमाले अध्यक्ष ओली नै झस्किए, जनताहरु आक्रोशित ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ असोज ।

पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) बारे दिएको अभिव्यक्तीले एमाले अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् । बादलले परिमार्जन गरेर एमसीसी पारित गर्नुपर्ने धारणा राखेका हुन् ।

प्रेस चौतारीले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिनुभयो । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताउनुभयो ।

“स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उहाँले भन्नुभयो । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाउनुभयो ।

ओलीसँग भीम रावल एकाएक फेरि बने फायर, लगाए यस्तो गम्भीर आरोप !

नेकपा एमालेभित्र फेरि विवाद चुलिएको छ । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष भीम रावललगायत नेताहरुले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि विवाद देखिएको हो ।

विधान महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदन तथा दस्तावेजबारे एमालेमा छलफल चलिरहँदा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका नेताहरुले चेतावनी दिएका हुन् । उनीहरुले १० बुँदे सहमति अनुसार एमालेको कार्यविभाजन २ जेठ २०७५ मा जस्तो छ त्यस्तै हुनुपर्ने अडान राखेका छन् ।

तर, ओलीले जस्ताको तस्तै कार्यान्वयन नहुने बताउँदै आएका छन् । यसैगरी केन्द्रीय कमिटी बैठकमा तीनवटा दस्तावेजमाथि समूह बनाएर छलफल चलिरहेको छ । त्यसका लागि ८ वटा समूह बनाइएको छ ।

एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ । विधान महाधिवेशनमा एमालेमा उमेरहद, पदाधिकारीलगायत कार्यकारिणीको निर्वाचन प्रक्रियालगायतको टुंगो लगाउन दस्तावेज तयार भइरहेको छ ।