मध्यराती नेपालमा भूकम्पको धक्का

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ असोज ।

तडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सुदूरपश्चिम : ३४ मा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ७०को नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चौँतीसमध्ये २२ जनामा पीसीआर र १२ जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा तीन र जिल्ला अस्पताल बैतडीमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका १२ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार प्रदेशमा ४६ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना सङ्क्रमणमुक्त भएका थिए ।